• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
पंकज नेम्वाङ – ‘रोड टु रिडेम्पसन’
हेम राज हमाल
शनिबार, असार २५, २०७९ हेम राज हमाल
पंकज नेम्वाङ – ‘रोड टु रिडेम्पसन’

काठमाडौं । 

‘प्रिय नेपाली समर्थकहरू, म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु । अब तपाई खुसी हुनु भयो होला नि पंकज विक्रम नेम्वाङ ?’

२०७८ सालको श्रावण महिनाको समय । जतिबेला नेपाली फुटबल कोरोनाबाट तङ्ग्रिदै थियो । केहि अन्तराष्ट्रिय 'टुर' नेपालले सकेको थियो । केहि 'पाइप लाइन'मा थिए । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो सामाजिक संजालमा राखेको यो स्ट्याटसले एकाएक नेपाली फुटबल थर्कमान भयो । 

अकस्मात ! उनले यस्तो भुकम्प ल्याए कि जसको कम्पनले खेल जगत मात्र नभई सिंगो देश नै स्तब्ध रह्यो । झन् सामाजिक संजालको कुरा एक किसिमको ’इन्टरनेट ब्रेक’ नै थियो ।   

यो त्यहि बेला थियो, जतिबेला नेपाली फुटबलमा प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रभाव चरमोत्कर्षमा पुगेको थियो । उनको एउटा बोलीले सिंगो फुटबलको संरचना बदलिदिन सक्थ्यो । सामाजिक संजालमा उनि यति प्रख्यात थिए कि सायद नेपालका ठुला सेलिब्रेटि पनि उनको अघि स्टारडम फिक्का महसुस गर्थे होलान् । समर्थकका लागि त अझ भगवान जस्ता थिए, अल्मुताइरी । उनको बिरोध गर्ने आँट कसैसँग हुदैन थियो ।  

खेलाडीपनि उनलाई अभिभावक भन्थे । उनका प्रशंसक उनको प्रशिक्षण शैली र खेल शैलीको तारिफमा घन्टौ बहस गर्न सक्थे । तत्कालिन अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा नेतृत्वको एन्फाले उनको प्रभावलाई आउने चुनावको सुत्रनै मान्थ्यो । अरुको के कुरा गर्नु एन्फाका पदाधिकारी समेत उनीसँग सेल्फी लिएर फेसबुकमा फोटो हाल्दा गर्व गर्थे । अर्थात, तत्कालिन समयमा नेपाली फुटबलमा मैदानभित्र र बाहिर ’द रियल बोस’ अल्मुताइरी थिए । 

यो घटनाक्रमको तारो बनेका थिए, एन्फाका तत्कालिन बरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ । अल्मुताइरीले सार्वजनिक रुपमै लगाएको सो आरोपले तत्कालिन एन्फाभित्रका ’पिडित’ पंकजलाई मर्माहत तुल्यायो । उनी विक्षिप्त बन्न पुगे । सामाजिक संजालमा उनीविरुद्द गालीको बाढीनै आयो । ज्यानै मार्ने सम्मका धम्की आइसकेपछि उनले बाध्य भएर फेसबुक अकाउण्ट 'डिएक्टिभेट' गर्नु पर्यो ।  

यो घटनाको लगभग एक बष अघि २०७७ मा मैले एक्सन स्पोर्ट्स टिभीको मेरो कार्यक्रम ’स्पोर्ट्स आवर’ मा पंकज बिक्रम नेम्बाङ्गलाई निम्ता गरेको थिए । त्यो बेला वरिष्ठ उपाध्यक्ष पंकजले एन्फामा ९ बुँदे फरक मत दर्ता गराइसकेका थिए । 

’एन्फा बैठकको निर्णयमा असहमती राख्दै माईन्यूट बुकमा आफ्नो असहमती लेख्न माग्दा संघको अध्यक्ष र महासचिवबाट लिखित असहमती पत्र लेख्न भनेकोले असहमती पत्र लेखेर एन्फा कार्यालयमा दर्ता गराएको छु ।’ मसँगको भेटमा नेम्वांगले भनेका थिए । धेरै एजेन्डा उनले त्यसमा समावेश गरेका थिए । 

’चेन्ज एन्फा’को नारा सहित एन्फा आएका नेम्बाङ्गले तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले गरेको निर्णयबिरुद्ध पहिलो पटक फरक मत राखेका थिए । उनले केहि समय अघिदेखि नै एन्फा नेतृत्वसंग फरक मत राख्दै आएका भएपनि औपचारिक रुपमा एन्फा नेतृत्वबिरुद्व उभिएको संकेत दिएको त्यो पहिलो दिन थियो । 

एन्फामा ध्रुविकरण देखिने क्रममा थियो । पंकजको पक्षमा तत्कालिन केन्द्रिय सदस्य दावा लामा मात्र थिए । उपाध्यक्ष बिर बहादुर खड्का विकल्पको खोजीमा थिए तर पंकजको समर्थनमा खुलिसकेका थिएनन । कर्मा छिरिङ्ग शेर्पालाई ’गद्धार’ को आरोप लगाएका नबिन पाँडे यतिबेलासम्म अदृश्य रहेर नै पंकजलाई सघाइरहेका थिए । 

उनीसँग मेरो त्यो पहिलो भेट थियो । कार्यक्रम लाइभ थियो । झट्ट हेर्दा पंकज ’स्वीट’ देखिन्थे । मैले उनको ’बेबी फेस’ को तारिफ गर्दै उनलाई ’तपाई बुढेसकालपछि पछि पनि युवा देखिनु हुनेछ’ भनेर तारिफ गरेको थिए । उनी हाँसे ।

पंकजलाइ भेटेका मानिसलाई थाहा हुन्छ, उनी एकदम साधारण देखिन्छन् । कार्यक्रम अवधिभर मैले भनेका शब्दलाई उनी शान्त भएर खण्डन गर्थे । एउटा पिडाभाव चाँही मैले उनको अनुहारमा 'नोटिस' गरेको थिएँ । कारण सोध्दा उनी तत्कालिन अध्यक्षले आफूमाथि निरंकुशता लादेको, बरिष्ठ उपाध्यक्ष जस्तो पदलाई कुनै महत्व नदिएर एकलौटी पेलेको, समग्रमा आफुपनि एन्फाको कार्यसमितिमा छु भन्ने वास्ता समेत नगरेको दुखेसो पोख्थे । तत्कालिन अध्यक्ष शेर्पाले त्यो समय उनीहरुका विभिन्न जिम्मेवारी खोस्दै कार्यविहीन बनाएका थिए । 

मैले सिधा प्रश्न राखेको थिएँ , ’उसोभए तपाई के अब अध्यक्षको चुनाव लड्नु हुन्छ ?’

धेरै समय नै नलगाई उनले ’लड्छु’ भन्ने उत्तर दिए । 

’त्यसको लागि त टिम चहिएला, समर्थन चहिएला, यति छोटो समयमा कसरि जुटाउनुहुन्छ त सबै ?’ 

यो प्रश्नमा उनि एकछिन सोचमग्न भए । 

’मैले केहि जुटाउने भन्ने छैन, कर्माजीको यस्तो हर्कतले उहाँ आफ्नो खुट्टामा आफै बन्चरो हान्दै हिड्नु भएको छ । सत्ताको मातमा उहाँ अन्धो बन्नुभएको छ । मैले त विसंगतिको एउटा विकल्प मात्र देखाएको हुँ । अझै एक बर्ष बाँकी छ, उहाँको अत्याचारबाट पिडित हुने साथीहरु आफुसंग जोडिनुहुनेछ भन्ने बिश्वास छ ।’ 

दुई बर्षपछि २०७९ असार ६  गते बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा यो साँझ माहोल फरक देखिरहेको थियो । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको निर्वाचन सम्पन्न भयो । सबैजना चुनाबी नतिजाको पर्खाइमा थिए । एक अध्यक्ष कर्मा छिरीङ्ग शेर्पा, जसतो मुठ्ठीमा एन्फाको सत्ता छ । अर्का बिद्रोही बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्ग, जो सत्तामा त छैनन् तर अधिकांश सत्ताधारी उनको लागि सत्ता त्यागेर आएका छन् । दुईजना प्रतिद्वन्दी, धेरै कुरा दाउमा छ । आगामी चार वर्ष वार्षिक एक अर्ब बराबरको बजेट प्रयोग गर्ने संस्थाको नेतृत्वमा को बस्नेछ ? सारा देशको नजर एन्फाको चुनावी नतिजामा छ । 

१० श्रावण २०७८, एन्फा मुख्यालय सातदोबाटो जाने बाटोमा म सोचिरहेको थिए, आखिर एकजना कुवेती नागरिक जसको कर्तव्य खेलाडीलाई प्रशिक्षण गर्नुमात्र हो, नेपाली फुटबलको यति लामो इतिहासमा छोटो समयमै कसरी यस्ता शक्तिशाली प्रशिक्षक बन्न पुगे ? अझ प्रशिक्षक मात्र नभनौं ’कसरी नेपाली फुटबलको एक शक्तिशाली व्यक्ति बन्न पुगे ?’ जसको एउटा फेसबुक स्ट्याटसले मात्र एन्फाको कार्यसमिति निरिह बन्छ । पंकज त यहि कार्य समितिको वरिष्ठ उपाध्यक्ष थिए । सार्वजनिक रुपमै एउटा प्रशिक्षकले वरिष्ठ उपाध्यक्ष आक्षप लगाउने हिम्मत कसरी गर्छ ? 

अल्मुताइरीको त्यो स्ट्याटस पछि समर्थकले आक्रोशित हुँदै एन्फा मुख्यालय घेर्ने योजना बनाएका थिए । प्रहरी पनि आइसकेको सुन्न पाइयो  । त्यसैले म पनि सातदोबाटो हानिए । केहि समर्थक गेट बाहिरै पंकजलाई गाली गर्दै नारावाजी गरिरहेका थिए र अल्मुताइरीको राजिनामा स्वीकृत नगराउन र यदि कसैले राजिनामा दिनुपर्छ भने पंकजले दिनुपर्छ भन्दै उफ्रिरहेका देखिन्थे । 

एक बर्ष अघिको अन्तरवार्तामा नेम्वांगले ’अध्यक्षको चुनाव लड्छु’ भनेको याद आयो । तर अवस्था त उनको प्रतिकुल थियो । पंकजको छबि यतिबेलासम्म यस्तो बनिसकेको थियो कि उनि नै हुन्, जसले नेपाली फुटबल डुबाए । उनलाई यु–१६ टोलीमा योग्य खेलाडीलाई बाहिर राखेर आफ्नो छोरालाई जबर्जस्ती टोलीमा घुसाएको आरोप पनि लाग्यो । त्यो दिन पंकज नेपाली फुटबलका सबै भन्दा ठुलो भिलेन बन्न पुगेका थिए । 

सातदोबाटोमा नेम्बाङले आफूमाथि षडयन्त्र भएको प्रतिक्रिया दिए । ‘मेरो स्पष्ट कुरा छ । यो निराधार षडयन्त्रपुर्वक ममाथि आएको विज्ञप्ति ठानेको छु । म जहिलेपनि सत्यको वकालत गर्दै एन्फामा बसिरहेको व्यक्ति हो । एन्फाले यस विषयमा छानबिन गर्छ । म दोषी देखिए फुटबल संघबाट राजीनामा दिन्छु ।’ उनले भनेका थिए । 

त्यो परिवेश, त्यो समय पंकजको लागि साँच्चै नै कठोर थियो । उनले मानसिक रुपमा कति सहे, कति भोगे त्यसको अहिले कल्पना मात्र गर्न सकिन्छ । एन्फाभित्र फरक मत राख्दै आएका पंकजलाई अल्मुताइरीले एउटा स्ट्याटसको भरमा फुटबलको ’राक्षस’ बनाइदिएका थिए । अध्यक्षको प्रत्यासी त परै छाडौं, मैले सोचे अब पंकजको राजनीतिक भविश्य के होला ? 

२०७९ असार ६ गते । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एन्फा चुनावको नतिजा आयो । तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै उनै पंकज एन्फा अध्यक्षमा निर्वाचित भए । नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे । उनले आफ्नो अभियान अन्तत सफल पारे । पंकजलाइ यो अभियानमा शेर्पासँग असन्तुष्ट सबै जोडिन आईपुगेका थिए । 

यो अभियानमा कर्माबाट धोका पाएको दाबी गर्दै आएका नबिन पाँडे, एन्फाको सत्तामा निरन्तर बस्दै फुटबल राजनीतिको माहिर खेलाडी बनिसकेका बिर बहादुर खड्का र पंकजलाई उतारचढावमा साथ दिदै आएका दावा लामाकै भुमिका महत्वपुर्ण रह्यो । 

कुनैदिन समयले फुटबलको ’भिलेन’ बनाएका पंकज अब नेपाली फुटबलको ’सिंहासन’ मा पुगेका छन् । अलमुताइरीको स्ट्याटस प्रकरणले नेम्वाङ्गको फुटबलको राजनीतिक जीवनमा गम्भिर धक्का लागेको थियो । कर्माविरुद्ध आक्रमक तरिकाले प्रस्तुत भइरहेका नेम्वाङ्गमाथि अल्मुताईरीले आफ्नो 'स्टन्ट' मार्फत ‘ब्याकफायर’ गरेका थिए । एन्फाको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका नेम्वाङको सामाजिक र राजनीतिक प्रतिष्ठामा गम्भिर चोट लागेको थियो । तर उनले यसबाट 'रिकोभरी' पाएरै छाडे । फुटबल राजनीतिमा एक समय भिरको डिलमा पुगिसकेका पंकजलाई अन्तिममा फुटबलले नै आफ्नो अभिभावक रोजेको छ ।   

अहिले जब उनको यो ’रोड टु रिडेम्पसन’ सम्झिन्छु, एउटै कुरा बुझ्छु ’दुखमा आत्तिनु र सुखमा मात्तिनु’ हुन्न रहेछ ।  
फुटबलको आफ्नै भाषा हुन्छ । यो भाषा कर्माभन्दा धेरै पंकजले बुझे । ’सबै गर्छु’ भन्दै बोल्नु भन्दा ’सबै गरेर बोल्छु’ सोचेको भए कर्मा एण्ड कम्पनीको यो बहिर्गमनको समयावधि थोरै लम्बिन सक्थ्यो । फुटबल राजनीतिका अनेक दाउपेच पंकज एण्ड कम्पनीले सहि समयमा खेल्यो, ती मध्य अधिकांश सफल रहे ।  

हिजो उनले भन्ने गरेका थिए, ’पारदर्शिता, भ्रष्ट्राचारमा शुन्य सहनशीलता तर त्यसको ठिक विपरित नेतृत्वले काम गरेको छ।’ 

अब नेम्बाङ आफै नेतृत्वमा आएका छन् । आफुले भने जस्तै टिमको साथ छ । घोषणा गरेअनुसार नेपाली फुटबललाई अघि बढाउन् ।

बधाई तथा शुभकामना ।   
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP