• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
ऐतिहासिक खेलको प्रतिक्षा 
मनोज थापा (हिमालयन मनोज)
शनिबार, पुस ३, २०७८ मनोज थापा (हिमालयन मनोज)
ऐतिहासिक खेलको प्रतिक्षा 
मनाङको घरेलु मैदानको रुपमा तयार पारिएको पोखरा रंगशाला । फोटो : खेलपाटी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग पहिलो पटक काठमाडौं उपत्यका बाहिर सञ्चालन हुदैछ । घरेलु लिगको संरचनामा सुधार हुन नसकिरहेको बेला लिग फुटबल पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो । 

नेपाली फुटबलको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीले पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा विकास गर्दै पहिलो ‘होम गेम’ आयोजना गर्दैछ । 

उसले पहिलो खेलमा विभागीय टिम पुलिसलाई आतिथ्यता प्रदान गरेको छ । मनाङ नेपाली फुटबलमा काठमाडौं उपत्यका बाहिर घरेलु मैदानमा लिग सञ्चालन गर्ने पहिलो क्लब बनेको छ । 

शनिबार दिउँसो मनाङले पुलिससँग पोखरा रंगशालामा खेल्दै घरेलु फुटबलमा नयाँ इतिहास कायम गर्नेछ । पुलिससँगै मनाङले ब्रिगेड ब्वाइज र च्यासलसँग समेत पोखरा रंगशालामा खेल्नेछन् ।

मनाङले यस सिजन कम्तीमा ६ खेल पोखरा रंगशालामा खेल्न चाहेको थियो । एन्फा समेत यसका लागि तयार थियो । तर अन्य क्लब मनाङसँग पोखरा खेल्न आउन मानेनन् । 

‘डबल राउण्ड रोबिन’ र ‘होम एण्ड अवे’ अनिवार्य नभएका कारण क्लबहरु पोखरा रंगशाला आउन बाध्य थिएनन् । मनाङले क्लबसँग सहमती गरेर तीन खेल पोखरा रंगशाला लैजान सफल भएको हो । 

यस वर्ष मनाङले ‘होम गेम’को प्रयोग पोखरा रंगशालामा गर्न चाहेको छ । अर्को सिजनबाट आफ्ना सम्पूर्ण खेल पोखरा रंगशालामा खेल्ने मनाङको लक्ष्य छ । 

गण्डकी प्रदेश अन्तर्गतको जिल्ला भएका कारण मनाङले पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा विकास गर्ने निर्णय गरेको हो । क्लबलाई आर्थिक रुपमा बलियो र व्यवसायीक रुपमा सफल बनाउन समेत मनाङले पोखरा रंगशाला रोजेको हो । 

सोही अनुसार मनाङले पहिलो वर्षनै पोखरामा सञ्चालन हुने खेलको सम्पुर्ण आर्थिक भार आफैले उठाएको छ । साथै ‘गेटमनी’ मार्फत आउने रकम समेत क्लब आफैले राख्नेछ । 

पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्ने क्लबको निर्णयबाट खुसी हुँदै गण्डकी प्रदेश सरकारले यस वर्ष मनाङलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । मनाङले सो रकम खेलाडी, अफिसियल, तयारीको सन्दर्भमा खर्च गर्नेछ।

ए डिभिजन लिग खेल्ने अधिकांश क्लब काठमाडौं उपत्यका केन्द्रित छन् । सबै क्लब काठमाडौं र ललितपुरका छन् । महङ्गो बन्दै गईरहेको फुटबलको व्यवस्थापन र व्यवसायीक रुपमा काठमाडौं उपत्यकाले मात्र क्लबहरु थेग्न नसक्ने अवस्था छ ।

सोही कारण क्लबहरु काठमाडौं उपत्यका बाहिर जानुपर्ने बाध्यतामा छन् । एन्फाले समेत यसमा क्लबहरुलाई प्रेरित गरिरहेको छ । तर मोफसललाई घरेलु मैदानको रुपमा विकास गरेर लिग खेलाउने मनाङ पहिलो क्लब बनेको छ । 

घरेलु लिगमा फुटबलमा इतिहास कायम गरेको मनाङको कदमले अन्य क्लबलाई समेत मोफसल झर्न प्रेरित गरेको छ । साथै एन्फालाई समेत लिग डबल राउण्डमा सञ्चालन गर्न र होम एण्ड अवेको रुपमा लैजान दबाब बढाएको छ । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP