काठमाडौं । दोस्रो रिनासा स्मृति सिन्दोकाइ कान कराते प्रतियोगिताको पुरुष १५ केजी तौल समूहमा आरोन धामीले उपाधि जितेका छन् । उनले फाइनलमा आरवराज भारतीलाई पछि पार्दै उपाधि जिते । यस तौल समूहमा रोहन खड्गी र प्रज्वल श्रेष्ठले तेस्रो स्थान हात पारे ।
नेपाल सिन्दोकाइकान कराते संघको आयोजनामा कीर्तिपुरमा भएको पुरुष २० केजीमा विलक्स मल्ल पहिलो, सन्जोग नगरकोटी दोस्रो, दिप्सन धमला र आयुष पुनमगर तेस्रो भए । २५ केजीमा सुशील थापा मगर, निशान खत्री, आदेश रजक र योगेश पाण्डे क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
यसैगरी ३० केजीमा रायन नगरकोटी पहिलो, राजकुमार तामाङ दोस्रो, विवस मल्ल र विकल श्रेष्ठ तेस्रो भए । ३५ केजीमा कृष्ण तामाङ पहिलो, रितेश दास दोस्रो, आयुष शाही र आयुष नगरकोटी तेस्रो भए ।
यसैगरी ४० केजीमा देवराज चोधरीले स्वर्ण, योगेश श्रेष्ठले रजत र रोजिन परियार र सविन नेपालले कांस्य जिते । ४५ केजीमा अमन गिरी, आदित्य राजवंशी, रोनस राई र श्रवण पुतुवारले क्रमशः स्वर्ण, रजत र कांस्य पदक जिते । पुरुषकै ५५ केजीमा निशान्त भुजेल पहिलो, विशन धामी दोस्रो, विश्वास परिवार र निश्चल राई तेस्रो भए ।
महिलाको ४० केजीमा बबिता थापा पहिलो, प्रतिक्षा तामाङ दोस्रो, सर्मिला नेपाल र सृष्टि थापा तेस्रो भए । महिलाकै ५० केजी तौल समूहमा सञ्जिता श्रेष्ठले स्वर्ण, रजिना महर्जनले रजत, सलिना तामाङ र रविना श्रेष्ठले कांस्य जिते । दुईदिने प्रतियोगितामा एक सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।