काठमाडौं । नेपालले चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि बुधबार जितेको छ । नेपालले २३ स्वर्ण, १८ रजत र २० कांस्य जित्यो ।
नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा ३ रजत र १३ कांस्यसाथ दोश्रो भयो । १ रजत र ५ कांस्य जितेको बंगलादेश तेश्रो भयो ।
पुरुषमा नेपालका विजय कुँवर तथा महिलामा नेपालकै निमा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
सो अवसरमा आयोजक संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेको पुरुष ५० केजीका स्वर्ण विजेता सोनाम लामालाई सम्मान गरेका थिए ।