काठमाडौं । अमेरिकाको न्युयोर्क शहरमा हुने कराँते प्रतियोगितामा नेपालका हिक्मत घर्तिमगरले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २२ देखि संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा दुई दिन सम्म चल्ने अमेरिका कराँते कपमा कराँते खेलाडी हिक्मतले सहभागिता जनाउने पक्का भएको हो ।
३ दिनसम्म चल्ने सो प्रतियोगितामा ४० देशका खेलाडीले भाग लिनेछन् ।
घर्तिमगरले ६७ किलो तौल समूहमा कुमेटी र एकल कातातर्फ प्रतिस्पर्धा गर्नेछन् ।
कुमेटीमा अब्बल मानिने घर्तिमगरले यसअघि सन् २०१८ मा पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको कराँते ओपन लिस्बोनमा कुमेटीतर्फ कास्य जितेका थिए ।
घर्तिमगर सेप्टेम्बर २१ मा न्युयोर्क प्रस्थान गर्ने प्रक्षिक्षक फिलिप नोर्तेले बताएका छन् ।