काठमाडौं । न्यु लिरा स्कुल छैटौं राष्ट्रिय खुला गिरीजाप्रसाद कोइराला स्मृति कराते प्रतियोगिताको स्कुलतर्फ शुक्रबार टिम च्याम्पियन बनेको छ ।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरद्वारा आयोजित प्रतियोगितामा न्यु लिराले १० स्वर्ण, १२ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
९ स्वर्ण, ८ रजत र १३ कांस्यसाथ सिद्धी गणेश दोश्रो भयो । तेश्रो भएको माउन्ट गौरीशंकरले ८ स्वर्ण, १३ रजत र ९ कांस्य हात पा¥यो । चौथो स्थानको नाइटिङगेलले ८ स्वर्ण, ६ रजत र २९ कांस्य प्राप्त ग¥यो ।
प्रतियोगिताको नार्गाजुन नगरपालिकाका मेयर मोहन बस्नेतले एक कार्यक्रमबीच उद्रघाटन गरे । राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको अन्तिम दिन शनिबार खुलातर्फ प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख रामकुमार थारुले जनाएका छन् ।
प्रतियोगिताअन्तर्गत स्कुलतर्फ ४० स्पर्धामा प्रतिस्पर्धा भएको थियो भने खुलामा १८ स्पर्धामा भिडन्त हुनेछ । दुवैमा मिलाएर जम्मा ७ सय १३ खेलाडी सहभागी छन् ।