काठमाडौं । नेपालमा आयोजना भएको १३ औं सागका स्वर्णधारी अनु अधिकारीको घुँडाको चोटको सफल शल्यक्रिया भएको छ ।
अनुको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा शल्यक्रिया गरिएको हो ।
अनुले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको दौरान चोट बोकेकी थिइन् ।
नवौंको फाइनल दौरान लड्न पुगी अनुको घुँडाको लिगामेन्ट टियर भएको थियो ।
नवौंमा अनुले स्वर्ण पदक जितेकी थिइन् ।
अनु करिब १० महिना खेल बाहिर रहने छिन् ।
डाक्टरले अनु पूर्ण फिट हुन ९ देखि १० महिना लाग्ने जनाएको छ ।
![No description available.](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/315009585_517062636769936_6888522912700857693_n.jpg?_nc_cat=111&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=OUriGr4CdccAX9_O6vm&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdTQX7a2j4tqxDKJ3EZSMujl6J56ZjzWBZe6iuGZ7b4LLA&oe=639ACDC2)