काठमाडौं । नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोगमा नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २३ औं बार्षिकोत्सवको अवसरमा आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता भोलि शुक्रबारबाट सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का अध्यक्ष पुष्प कमल दाहालले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा –२५,–३०,३३,३५,४०,४५ रपुरुष कै सिनियर तर्फ –५०,–५५,–६०,६७ –७५,–८४,+८४ किलोका साथै एकल काता र महिला तर्फ जुनियर तथा क्याडेट–२५,–३०,–३३,–३५,–४०,–४५ किलो र महिला कै सिनियर तर्फ –५०,–५५,–६१,६७,+६८ किलो तौल समुह गरी कुल २६ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपांगी ’ईश्वर’ ले जानकारी गराए ।
तीन दिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुनेछ ।