• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
नयाँ खेलाडीले आफुलाई प्रमाणित गरेका छन् : विराज महर्जन (अन्तरवार्ता)
गिता राई
आइतबार, जेठ २६, २०७६ गिता राई
नयाँ खेलाडीले आफुलाई प्रमाणित गरेका छन् : विराज महर्जन (अन्तरवार्ता)

राष्ट्रिय पुरुष फुटबल टिम दुई मैत्रीपुर्ण फुटबल म्याच खेलेर शनिबार घर फर्किएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षकमा योहान कालिनलाई नियुक्त गर्दै राष्ट्रिय फुटबल टिमको खेललाई प्राथमिकतामा राखेको छ । नेपालले अब विश्वकप छनोटका खेलहरु खेल्दैछ ।

र पहिलो पटक नेपालले सिधै दोस्रो चरणको छनोट खेल्न लागेको हो । दोस्रो चरणमा पक्कैपनि नेपालले आफु भन्दा बलिया र बरियतामा माथि रहेका टोलीसंग प्रतिस्पर्धा गर्नेछ ।

सोही कारण एन्फाले आफुभन्दा बलिया टिमसंग मैत्रीपुर्ण खेल खेलाईरहेको छ । मुख्य प्रशिक्षक कालिन समेत नेपाली टिममा विभिन्न प्रयोग गरिरहेका छन् । खेल्ने शैली र खेलाडीमा उनको प्रयोग निरन्तर जारी छ ।

नेपालले गत हप्तामात्र दुई मैत्रीपुर्ण म्याच खेल्यो । जुनको पहिलो साता मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपुर्ण खेल खेल्यो । पहिलो खेलमा मलेसियासंग २–० ले हारेको नेपालले दोस्रो खेलमा ताईवान टोलीसंग १–१ को बराबरी खेलेको थियो ।

पछिल्लो मैत्रीपुर्ण खेलमा नेपालको प्रर्दशनलाई लिएर खेलपाटीकर्मी गिता राईले राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जनसंग कुराकानी गरेकी छिन् ।


समग्रमा नेपाली फुटबल टिमको भ्रमण कस्तो रह्यो ?

सुरुमा हामीले मलेसियासँग र दोस्रोमा ताईपेसंग मैत्रीपुर्ण म्याच खेल्यौ । मलेसियासँगको खेलमा खेल्ने मैदानको समस्या भयो । मैदानमा बाक्लो घाँस थियो र त्यो पनि नकाटिएको अवस्थामा थियो ।

तर खेलिएको रंगशाला र मौसम एकदमै राम्रो थियो । खेलाडीले पनि राम्रो प्रयास गरे तर पहिलो खेल हार्न बाध्य भयौ । ताईपेसँगको दोस्रो खेलमा भने राम्रो प्रर्दशन भयो । एक गोलले पछि परेपनि खेलमा फर्कन सक्यौ । प्रशिक्षकको रणनीति अनुसार धेरै राम्रो खेल भयो ।

नयाँ प्रशिक्षकको नेतृत्वमा तीन देशसंग नेपालले मैत्रीपुर्ण म्याच खेलेको छ । अब टिमको कमजोरी के रह्यो ?

यसपटक नेपाली टिमले स–साना मिस पास धेरै खेल्यो । थ्रो बल राम्रो देखिएन । मुख्य समस्या त्यही रह्यो । सोही कारण मलेसियासंग खेल्न सकेनौ । दोस्रो खेलमा सुधार ग¥यौ । उनीहरुभन्दा हामीले धेरै बलहरु पायौ । दोस्रो खेल तुलनात्मक रुपमा सुधार भएको देखियो ।

भ्रमणबाट हामीले सिकेको कुरा के रह्यो ?

प्रशिक्षकले नयाँ अनुहारलाई मौका दिए । पुरानो टिमका ५ खेलाडी छैनन् । बिमल घर्ती मगर र भरत खवास टिममा छैनन् । नयाँ खेलाडीले आफुलाई साबित गर्ने मौका पाए । अभिषेक रिजाल, सन्तोष तामाङले आफुलाई सक्षम साबित गरेका छन् । उनीहरुको सहयोगमा गोल गर्न सकेका छौ ।

हामीभन्दा माथिल्लो वरियताका टिमसंग बराबरीको नतिजा निकाल्न सफल रह्यौ । हामीले सकारात्मक नतिजा ल्याउन सक्यौ, त्यही सबैभन्दा राम्रो पक्ष हो ।

वरियतामा माथिल्लो टिमसंग बराबरी खेल्यौ तर तल्लो वरियताको मलेसियासँग हार्न पुग्यौ । कसरी ?

मलेसिया हामीभन्दा धेरै राम्रो हो । उनीहरु फिफाको कारबाहीमा परेकाले तल गएको हो । हामी विश्वकप छनोटको सिधै दोस्रो चरणबाट खेल्दैछौ । उनीहरु पहिलो चरणबाट खेल्दैछन् । तर उनीहरुलाई कमजोर टिम भन्न मिल्दैन ।

दक्षिण पुर्वी एसियाका देश हामीभन्दा निकै राम्रो छन् । मलेसया निरन्तर खेल्दै र राम्रो नतिजा निकाल्दै आएको छ । उनीहरुको टिमको प्रर्दशन, आधारभुत संरचना र सुविधाहरु एकदमै राम्रो छ ।

सुधार गर्नुपर्ने पक्षहरु के–के हुन् ?

पहिलो खेलमा डिफेन्स लाइनले गर्दा पेनाल्टीमा गोल खाएका थियौ । अनावश्यक गल्तीको सुधार गर्नुपर्ने देखिएको छ । यस्ता स–साना कुरामा ध्यान दिएमा अझै अगाडी बढ्न सक्छौ ।

जति धेरै मैत्रीपुर्ण खेल खेल्यो, जति खेलाडीलाई सहभागी गराउन सक्यौ, अझै खेलको विकास हुन्छ । ठुला टिमसंग हार्ने डरभन्दा पनि अघि बढेर खेल्नुपर्छ भन्ने मनोवल विकास हुन्छ । नयाँ अनुहारलाई मौका दिनुपर्छ । त्यसो गरेमा निश्चित रुपमा लक्ष्यमा पुग्न सक्छौ ।

टिमले बिमल तथा भरतलाई कत्तिको सम्झियो ?

हामीले धेरै सम्झियौ । उनीहरु भनेको अनुभवी खेलाडी र आफुलाई साबित गरिसकेको खेलाडी हुन् । तरपनि फुटबलमा शारिरिक र मानसिक रुपमा फिट हुन आवश्यक छ । दुईमा एक चिजको पनि कमी भयो भने खेलाडीले खेल्न सक्दैन ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा
एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा
'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'
'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'
कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)
कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)
‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’
‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’
खेलकुद ऐन कार्यान्वयन नहुँदा ठुलो प्रश्न उठ्छ – जीवनराम श्रेष्ठ
खेलकुद ऐन कार्यान्वयन नहुँदा ठुलो प्रश्न उठ्छ – जीवनराम श्रेष्ठ
भलिबलको बजार ब्यापक बनाउनुपर्छ – मानवीर छन्त्याल (अन्तर्वार्ता)
भलिबलको बजार ब्यापक बनाउनुपर्छ – मानवीर छन्त्याल (अन्तर्वार्ता)
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP