• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
सागको अर्थपुर्ण आयोजना आवश्यक छ : जिवनराम श्रेष्ठ (अन्तरवार्ता )
खेलपाटी संवाददाता
बिहीबार, फागुन २३, २०७५ खेलपाटी संवाददाता
सागको अर्थपुर्ण आयोजना आवश्यक छ : जिवनराम श्रेष्ठ (अन्तरवार्ता )

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको मिति तेस्रो पटक सरेको छ । अर्थात दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला अब सन् २०१९ को डिसेम्बर १ बाट १० सम्म नेपालमा हुनेछ । भौतिक पुर्वाधार निर्माणको काम समयमै सम्पन्न हुन नसकेको कारण देखाउँदै तेस्रो र सम्भवत अन्तिम पटक सागको नयाँ मिति तोकिएको हो ।

प्रष्ट छ, डिसेम्बरको नयाँ मितिमा प्रतियोगिता सम्पन्न गर्न नसकेमा नेपालले १३ औं सागको आयोजनाको अवसर गुमाउनेछ । दुई बर्षभित्र आयोजना गर्ने बाचा सहित नेपालले सन् २०१६ मा भारतबाट साग आयोजनाको झण्डा लिएर आएको थियो । तर पटक पटक नयाँ मिति तोक्ने र अन्तिममा समयमा विविध कारण देखाएर सार्ने काम सरकारले गर्दै आएको छ ।

थाईल्याण्डको राजधानी बैंककमा यसै हप्ता सकिएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सागको नयाँ मिति तोकेको हो । सरकारको प्रस्ताव अनुसार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले बैठकबाट अन्तिम पटकलाई सागको नयाँ मिति तोक्न सफल रहे ।

उनै जिवनराम श्रेष्ठसंग साग आयोजनाका विविध पक्षसंग केन्द्रित रहेर खेलपाटीकर्मी हिमबिक्रम केसीले गरेको कुराकानीको सम्पादित अंश :

पटक पटक आयोजनाको मिति सार्ने प्रस्ताव लिएर साग काउन्सिलको बैठकमा प्रस्तुत हुदाँ तपाईलाई कत्तिको समस्या हुँदाेरहेछ ?

भारतमा १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता समापनको समय सरकारकातर्फबाट १३ औ सागको आयोजनाको जिम्मेवारी लिने बिषय आएको थियो । ओलम्पिक कमिटिलाई अगाडी बढ्नुस भनेर तत्कालिन खेलकुदमन्त्रीले भन्नुभएको थियो ।

नेपालमा आयोजना गर्ने गरि झण्डा लिनुपर्छ भनेर निर्णय भएको थियो । हामीले झण्डा लिएर आयौ तर प्राविधिक कारणले निर्धारित समयमा आयोजना गर्न सकेनौ । त्यसको पछाडी विगतको राजनीतिक अस्थिरता र तयारीमा तत्कालिन मन्त्रीले खासै पहल गर्ने अवस्था समेत भएन । सोही कारण निर्धारित समयमा आयोजना गर्न सकिएन ।

तर अब देशमा नयाँ संविधान, नयाँ सरकार र स्थिर सरकार बनेको छ । सबै कुरा स्थिरतातर्फ अगाडी बढेको छ । व्यवस्थित तरिकाले काम अघि बढेको छ । मन्त्रालयले समेत विशेष चासो दिएर तेस्रो पटक हामी गर्न सक्छौ भनेर सरकारको प्रतिबद्वता जनाएको थियो । हामीसंगै बसेर एनओसी, युवा तथा खेलकुद मन्त्री र राखेपले छलफल ग¥यौ । सबै पक्षलाई विश्लेषण गरेर सेप्टेम्बरसम्म सार्न सचिवालयबाट नेपाल ओलम्पिक कमिटिलाई पत्राचार भएको थियो । सेप्टेम्बरमा गर्दा हुने अवस्थामा समेत विश्लेषण भयो ।

अब निर्धारित गरेको मितिमा गर्नेपर्छ भन्ने निष्कर्श सहित नेभेम्बर र डिसेम्बरमा लैजाने सहमती बनेको थियो । तयारीको काम सेप्टेम्बर अगाडी सकाउने र बाँकी काम नोभेम्बर डिसेम्बरमा सकाउने निष्कर्शमा पुग्यौ । सोही अनुसार वर्तमान मन्त्रीले साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकलाई पत्र लेखेपछि दिनुभयो । त्यसको आधारमा नयाँ मिति तोक्ने काम गरेका छौ ।

प्रस्ताव जादा निकै छलफल गर्नुपर्यो । अरु देशले सार्ने कुरा सहज मानिरहेको अवस्था थिएन । अर्को कुरा सारिसकेपछि फेरी हुने कुराको सुनिश्चितताको बिषयमा आशंका उठेको थियो । तर मन्त्रालयका पत्र, अहिलेसम्म तयारीका पक्ष, भौतिक पुर्वाधारका बिषय र राजनीतिक स्थिरताका बिषयमा हामीले छलफल गरेर विश्वास दिलाउने काम ग¥यो । नयाँ मिति डिसेम्बर १ देखि १० सम्म आयोजना गर्ने सक्छौ भनेर विश्वस्त बनाएपछि बैठकले सर्वसम्मत निर्णय गरेको हो ।

२०७२ सालको भुकम्प पछाडी नेपालका धेरै भौतिक पुर्वाधार ध्वस्त भएका थिए । खेलकुदका अधिकांश पुर्वाधार क्षतिग्रस्त थिए । यस्तो अवस्थामा किन साग आयोजनाको जिम्मेवारी नेपालले लिएको हो ?

हाम्रो देशमा हुने ठुलो खेलकुदको मेला भनेकै साग हो । यो खालको ठुलो समारोहमा नेपालमा हुदैन । सागको डिजाईनर नेपाल हो । नेपालनै दक्षिण एसियामा खेलकुद गर्ने सोच र संगठित गर्ने कामको सुरुवात नेपालले गरेको हो । १९८४ मा पहिलो साग आयोजना गरेको हो । दोस्रो पटक १९९९ मा आठौं साग काठमाडौंमा आयोजना गरेका थियौ । यो तेस्रो पटक हामी आयोजना गर्दैछौ ।

यो हाम्रो देशको प्रतिष्ठा र ईज्जतसंग जोडिएको छ । राष्ट्रको गौरव गराउने बिषयमा सागले भुमिका खेल्छ । यसको जुन सन्देश अन्तराष्ट्रिय जगतमा दिन्छ, त्यो महत्वपुर्ण छ । लामो समय नेपालले द्वन्द ब्यहोर्यो । अन्तराष्ट्रिय जगतमा नेपालको नकारात्मक छवीलाई सागले मेटाउने काम गर्छ । राष्ट्रको गौरव र प्रतिष्ठामाथि उठाउने कुरामा यसले भुमिका खेल्छ भन्ने लाग्छ । सोही कारण यसको आयोजनाको महत्वपुर्ण छ ।

दुई दुई पटक मिति तोकेर समेत समयमै प्रतियोगिता आयोजना नहुनुको मुख्य कारण के हो ?

मुख्य कारण भनेको पुर्वाधार निर्माणनै हो । भौतिक पुर्वाधार नभएसम्म अरु कुराको तयारी गरेर कुनै अर्थ रहदैन ।

रंगशालाको काम समयमा सम्पन्न नहुदाँ प्रतियोगिताको बाँकी काम प्रभावित भयो भन्ने बिषय कत्तिको सत्य हो ?

ठुलो खेल आयोजना गर्दा उद्घाटन र समापन गर्ने खेलस्थल महत्वपुर्ण छ । प्रतियोगितालाई स्तरीय र आकर्षक बनाउन राम्रो रंगशालामा हामीलाई आवश्यक थियो । त्यो निर्माणको काम निकै सुस्त भयो । संगै अन्य भौतिक पुर्वाधार निर्माणको काम समयमा नहुदाँ यो पछाडी सरेको हो ।

ठुलो खेलकुद प्रतियोगिता आयोजनामा राज्य गम्भिर नबन्दा साग चपेटमा परेको हो ?

ठ्याक्कै त्यसो भन्न मिल्दैन । जुन दिन हामीले झण्डा लियौ, सबै कुरा गम्भिरतापुर्वक लिएर काम गरेको भए निर्धारित समयमा आयोजना हुने थियो । तत्कालिन समयमा हामी राजनीतिक रुपमा निकै अस्थिर अवस्थामा रह्यौ । झण्डा लिएपछि हाम्रो चार पटक सरकार परिवर्तन भयो । चार खेलकुद मन्त्रीलाई हामीले देख्यौ । सोही कारणले प्रतियोगिता समयमा हुन नसकेको अवश्य हो । 

तर नयाँ चुनावपछि स्थिर सरकार बनेको छ, सरकारले यो कामलाई सम्पन्न गर्नपर्छ । राष्ट्रको प्रतिष्ठासंग जोडिएको बिषय भएकाले यो सरकारको जिम्मेवारी हो । अन्तराष्ट्रिय प्रतिष्ठासंग जोडिएको बिषयलाई अहिलेको स्विकार गरेको छ, गम्भिर हिसावले लिएको छ । छलफल गरेर नयाँ मिति तोकेका छौ, अब फरक पर्ने स्थिती छैन ।

तोकिएको नयाँ मितिमा प्रतियोगिता आयोजना हुने आधार के ?

हामी राजनीतिक स्थिरतामा छौ । सरकारको मुख्य उद्वेश्य भनेको समृद्वि हो । सरकार अन्तराष्ट्रिय लगानी गर्न प्रयासरत छ । त्यसको एक पाटोको रुपमा सागलाई प्रयोग गर्न सक्छौ । सरकार सकारात्मक सन्देश दिन चाहिरहेको छ । सन्देश प्रवाह गर्ने कुरामा सरकारले खेललाई अभिन्न अंकको रुपमा प्रयोग गर्न सक्छ ।

वर्तमान सरकारले सागलाई लिएर जुन किसिमको जिम्मेवारी बोध गरेको छ, हामी आशावादी हुन सक्छौ । प्रधानमन्त्री सागको निरिक्षण समितिको संयोजक हुनुहुन्छ, खेलकुद मन्त्री तयारी समितिको संयोजक हुनुहुन्छ । प्रधानमन्त्रीले समेत तयारीको बिषयमा चासो राख्नुभएको छ । अर्थमन्त्रीले समेत आठौं र सागलाई लक्षित गर्दै बजेटको कमी हुन हुदैनौ भन्नुभएको छ । सरकारको प्राथमिकतामा खेलकुद क्षेत्र परेको छ । सोही कारण जुन नयाँ मिति तोकेका छौ, त्यसमा शंका गर्नुपर्ने कारण छैन ।

नयाँ मिति तोकेपछिका चुनौती के देख्नुहुन्छ ?

हामीले समयमा भौतिक पुर्वाधारलाई सम्पन्न गर्ने कुरा महत्वपुर्ण छ । अन्तराष्ट्रिय प्रतियोगिता भएका कारणले अन्तराष्ट्रिय स्तरका पुर्वाधार निर्माण हुनुपर्छ । खेल स्थलको तयारी, प्रतियोगितामा प्रयोग हुने खेल सामाग्रीको व्यवस्थापन, प्राविधिक पक्ष र नतिजाको व्यवस्थित रेकर्डका निम्ति राम्रो तयारी गर्न आवश्यक छ । बसोबास, यातायात र सुरक्षालाई विशेष ध्यान दिन आवश्यक छ ।

आफ्नै देशमा आयोजना हुने भएकाले नेपालले प्राप्त गर्ने नतिजामा समेत बिशेष ध्यान दिन आवश्यक छ । सबै काम संगसंंगै अगाडी लैजान पर्छ । सबै चुनौतीको रुपमा रहेका छन् । सरकारले आर्थिक पक्षको प्रतिबद्वता गरेको छ । आर्थिक रुपमा समस्या नरहँदा अन्य पाटोमा गम्भिर भएर लाग्नपर्छ । सागलाई स्तरीय र सम्झना योग्य खेलकुद प्रतियोगिता बनाउन सक्छौ ।

सागको ईतिहास हेर्दा प्रतियोगिता नियमित हुन सकेको छैन । तपाई आफै सागको ओलम्पिक काउन्सिलको अध्यक्ष हुनुहुन्छ । यसको निमित्त कस्तो पहल भईरहेका छन् ?

हामी छलफलमा छौ । हामीले संगसगै वार्ता प्रक्रियालाई अघि बढाएका छौ । सागको विधानमा एक दुई वटा संशोधन बाहेक हामीले समय सापेक्ष गर्न सकेका छैनौ । अब हामीले नयाँ ढङ्गलाई सोच्नुपर्छ भन्ने छ । सागलाई कसरी नियमित र व्यवस्थित गर्ने भन्ने बिषयमा छलफल भएको छ ।

ओलम्पिकको वरियतामा हेर्दा हाम्रो क्षेत्र निकै पछाडी छ । सागनै हाम्रो लागि ओलम्पिक जस्तो हो । तर उन्नत खेलाडी तयार गर्न आधारभुत खेलको रुपमा यसलाई लिनपर्छ । सागनै एसियन गेम्सको तयारी र एसियन गेम्सनै ओलम्पिक गेम्सको तयारीको रुपमा हामीले लिन आवश्यक छ । आयोजनाको लागि आयोजना भन्दा अर्थपुर्ण आयोजनाको गर्नपर्छ भन्ने मान्यता स्थापित गर्न आवश्यक छ । सागलाई एसियन र ओलम्पिकको लागि खेलाडी विकासको श्रृङ्खला बनाउने तहबाट छलफल भईरहेको छ ।
दुई बर्ष भनेपनि समयमा आयोजना हुन सकेको छैन । राजनीतिक अस्थिरताले गर्दा साउथ एसियामा नियमित हुन नसकेको हो । यसलाई दुई बर्ष भन्दा समेत चार बर्षमा आयोजना गर्ने बिषयमा छलफल भईरहेको छ । आयोजनाको जिम्मेवारी दिदाँ सरकारसंग सम्झौता गर्ने बिषयमा छलफल चलिरहेको छ ।

ठुला देशले खेल महोत्सवलाई आफ्नो देशको विकास र समृद्वि देखाउने अवसरको रुपमा लिन्छन् । भर्खरै राजनीतिक अस्थिरतबाट बाहिर निस्किएको नेपालले सागबाट के देखाउँछ सक्छ ?

दक्षिण एसियाको भुभागमा हामीले खेलको माध्यमबाट भातृत्व, शान्ति र सद्भावको सन्देश सुरु गरेको छौ । नेपालनै यसको सुत्राधार हो । खेल महत्वपुर्ण क्षेत्रको रुपमा विकास भएको छ । यो अब जित्ने, हार्ने मात्र बिषय रहने, यसले बोक्ने र खेल्ने भुमिका भनेको देशबीचको मनमुटावलाई हटाउने काम गर्छ । उसले भातृत्वको अवस्था कायम गर्ने र द्वन्दलाई निराकरण गर्न भुमिका खेल्छ ।

सागको आयोजनाबाट बिषयले विश्व समुहायलाई नेपालले दिन सक्ने सन्देश के हो ?
नेपाललाई चिनाउने कुरा महत्वपुर्ण हो । खेलको माध्यमबाट नेपाललाई विश्व समुदायमा चिनाउन महत्वपुर्ण भुमिका खेल्न सकिन्छ । नेपालको सगरमाथा, बुद्वको जन्मभुमी र यसको प्राकृतिक स्रोत साधानको सम्भावनालाई देखाउने काम गर्न सकिन्छ । हामी लामो समय द्वन्दमा रह्यौ । संसारभर नेपाल अस्थिरता छ, द्वन्द छ भन्ने नराम्रो सन्देश गएको छ । तर देशमा आएको राजनीतिक परिवर्तनसंगै अघि बढेको विकास र समृद्विलाई हेर्न, सिक्न र बुझाउनका लागि साग प्रतियोगिता महत्वपुर्ण छ । नेपालमा लगानी गर्न सकिन्छ भन्ने सन्देश समेत हामीले दिन सक्छौ ।

भिडियो अन्तर्वार्ता हेर्नुहोस् :

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा
एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा
'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'
'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'
कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)
कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)
‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’
‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’
खेलकुद ऐन कार्यान्वयन नहुँदा ठुलो प्रश्न उठ्छ – जीवनराम श्रेष्ठ
खेलकुद ऐन कार्यान्वयन नहुँदा ठुलो प्रश्न उठ्छ – जीवनराम श्रेष्ठ
भलिबलको बजार ब्यापक बनाउनुपर्छ – मानवीर छन्त्याल (अन्तर्वार्ता)
भलिबलको बजार ब्यापक बनाउनुपर्छ – मानवीर छन्त्याल (अन्तर्वार्ता)
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP