• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
एमेच्योर सुबाशलाई उपाधि
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २६, २०८० खेलपाटी संवाददाता
एमेच्योर सुबाशलाई उपाधि

काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङले जितेका छन्।

उनले अन्तिम दिन ७ अन्डर ६५ को उत्कृष्ट स्कोर गरे। समग्रमा २१ अन्डर २ सय ६७ सहित उनले अर्का एमेच्योर खेलाडी सदभाव आचार्यलाई चार स्ट्रोकले हराए।

सुबाशको यो सिजनको दोस्रो र करियरको पाँचौं प्रो उपाधि हो। उनले आज प्रो र एमेच्योर दुवैतर्फको ट्रफी आफ्नो नाममा लेखाउँदै सिजनको अन्त्य सानदार गरे।

प्रोफेसनल गल्फरहरूले यो पटक पनि एमेच्योर खेलाडीको चुनौती पन्छाउन सकेनन्। राष्ट्रिय टिमका खेलाडी युवा गल्फर सदभावले १अन्डर ७१ सहित समग्रमा १७अन्डर २ सय ७१ को स्कोरमा दोस्रो स्थान प्राप्त गरे। उनी एमेच्योरर्फ पनि दोस्रो भए।

धरानका नीरज तामाङले आज ४अन्डर ६८ को स्कोर निकाले र समग्रमा १२अन्डर २ सय ७६ सहित तेस्रो भए। प्रोफेसनलतर्फ उनी पहिलो भए। उनले २ लाख ७० हजार नगद पुरस्कार प्राप्त गरे।

डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राईले ४ अन्डर ६८ मा खेल सकाउँदा समग्रमा ११ अन्डर २ सय ७७ सहित चौंथो स्थान प्राप्त गरे। प्रोतर्फ दोस्रो हुदै उनले १ लाख ७० हजार प्राप्त गरे। यो पुरस्कार राशीमा शुक्रले नम्बर एक खेलाडीको स्थानलाई जोगाएका छन्। यो सिजन उनले कुल ६ लाख ३४ हजार प्राप्त गर्दै सर्वाधिक पुरस्कार हात गरे। 

भुवन नगरकोटीले समग्रमा ५ अन्डर २ सय ८३ स्कोर गरे। अन्तिम दिनको खेल इभन पार ७२ मा सकाउँदै भुवन पाँचौ भए। प्रोतर्फ उनी तेस्रो भए र १ लाख २० हजार प्राप्त गरे।  २ ओभर ७४ स्कोर गर्दै समग्रमा ३ अन्डर २ सय ८५ सहित दिनेश प्रजापति छैटौं भए। प्रोतर्फ चौथो भएका उनले नगद एक लाख प्राप्त गरे।

यसैगरी समग्रमा १ अन्डर २ सय ८७ सहित तोरण विक्रम शाही सातौं भए। उनले आज इभन(पार ७२ मा खेल सकाए। प्रोतर्फ भने पाँचौ हुदै उनले ८६ हजार हात पारे। ३ ओभर ७५ सहित समग्रमा १ ओभर २ सय ८९ को स्कोरमा‌ शिवराम पौडेल आठौं भए। उनले ७९ हजार नगद प्राप्त गरे। प्रोतर्फ उनी छैटौं स्थानमा आए। समग्रमा २ ओभर २ सय ९० सहित जयराम श्रेष्ठले ७३ हजार प्राप्त गरे। उनले आज ४ ओभर ७७ मा खेल सकाए। प्रोतर्फ उनी सातौ भए। पुर्ण प्रसाद शर्मा र राजेन्द्र थापा मगरले प्रोतर्फ संयुक्तरुपमा आठौं स्थान बाँडे। उनीहरूले समग्रमा ३ ओभर २ सय ९१ स्कोर गरे।  उनीहरूले जनही ६५ हजार प्राप्त गरे।

अन्तिम १८ होलको खेल बाकी छँदा सुबाश सदभाव भन्दा दुई स्ट्रोकले पछि थिए। सुबाश र तेस्रो दिनका लिडर सदभावले फ्रन्ट नाइन समान ३ अन्डर ३३ मा सकाए। दुवैले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। अन्तिम नौ होलको खेल बाकी छँदा सदभावसँग दुई स्ट्रोकको अग्रता कायमै थियो। तर ब्याक नाइनमा सदभावले खेल बिगारे। १६औं होलमा बर्डी प्रहार गरेपनि १०औं, १३औं र १४औं होलमा एक एक सट खेर फाले। यता सुबाशले भने १०औं देखि १३औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे। १४औं होलमा एक सट खेर फाले पनि ५ पारको १५औं होलमा इगलको सफलता प्राप्त गर्दै ब्याक नाइन ४ अन्डर ३२ मा पुरा गरे र सहजै उपाधि आफ्नो नाममा लेखाए।

नीरजले फ्रन्ट र ब्याक नाइन दुवै २ अन्डर ३४ मा सकाए। दोस्रो, तेस्रो र आठौं होलमा बर्डी प्रहार गर्दा चौंथो होलमा बोगी खेपे। यसपछि १३औं र १५औं होलमा एक एक सट खेर फाले। उपाधि रक्षा गर्न चुकेका शुक्रले पनि फ्रन्ट र ब्याक नाइन दुवै २ अन्डर ३४ मा सकाए। उनले पहिलो, तेस्रो, सातौं तथा ११औं देखि १४औं होलमा चार गरी कुल सात बर्डी प्रहार गरे। उनले नवौं, १५औं र १८औं होलमा बोगी खेपे।

सुर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रबि के रायभरम, एनपीजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे। प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीए नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको थियो। कुल १५ लाख २० हजार नगद  पुरस्कार राशी रहेको प्रतियोगिताको शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत भोली प्रो(एम प्रतियोगिता हुनेछ। कूल २५ प्रो र १०० कर्पोरेट खेलाडीले प्रतियोगितामा भाग लिनेछन्।  

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
सद्भाव, इधान्त र‌ अभानी शीर्ष स्थानमा
सद्भाव, इधान्त र‌ अभानी शीर्ष स्थानमा
सञ्जयको टिमलाई इस्टर्न ओपन प्रो–एमको उपाधि
सञ्जयको टिमलाई इस्टर्न ओपन प्रो–एमको उपाधि
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP