काठमाडौं । नेपाली महिला गल्फर प्रतिमा शेर्पा फोर्ब्स पत्रिकाले निकालेको एसियाका प्रभावशाली व्यक्तिको सूचीमा परेकी छिन् ।
फोर्ब्सले बिहिबार सार्वजनिक गरेको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा प्रतिमा अटाएकी हुन् ।
प्रतिमा 'इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स' विधामा सूचीकृत भएकी हुन्।
प्रतिमा हाल पढाई र गल्फको प्रशिक्षणका लागि अमेरिकामा रहेकी छिन् ।
सान्टा बारबार सिटीमा पढिरहेकी प्रतिमा नेपालको नम्बर एक महिला गल्फर हुन् । उनको लक्ष्य नेपालको पहिलो महिला प्रोफेसनल गल्फर बन्ने रहेको छ ।
सूचीमा प्रतिमासहित नेपालका ६ जना अटाएका छन् । प्रतिमाबाहेक अन्य सबै युवा उद्यमी हुन् ।
सूचीमा निकिता आचार्य, किरण तिम्सिना, शुभांगी राणा, जेसलिना राणा र रोहित तिवारी परेका छन् ।