काठमाडौं । नेपाल प्रहरीका एसपी अशोक सिंहले हुन्डाई ओपन गल्फको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार ३७ स्टेबलफोर्ड अंकसहित सिंहले उपाधि जितेका हुन् । उपाधिसँगै सिंहले जीपीएस गल्फ वाच र भी-४ रेन्ज फाइन्डर प्राप्त गरे ।
टासी छिरिङ र याम गुरुङबीच ३६ अंक बराबर हुँदा काउन्ट ब्याकको आधारमा टासी दोस्रो भए । टासीले मस्ट बर्डिजको उपाधि समेत जिते । गुरुङ तेस्रो स्थानमा रहे ।
मेजर विजय मोक्तानले सिनियरतर्फको उपाधि जित्दा आश्रय बस्न्यातले जुनियरतर्फको उपाधि जिते । कश्मिरा शाहले महिलातर्फको उपाधि जितिन् ।
रबिन्द्र तिवारीले हुन्डाईतर्फको उपाधि जिते ।
यस्तै वाङचेन ढोन्दुपले बेस्ट ग्रस, डा निराजन शर्माले क्लोजेस्ट टु दि पिन र प्रकाश गुरुङले लंगेस्ट ड्राइभको उपाधि जिते । उनीहरुले ४० प्रिमियम जीपीएस गल्फ वाच प्राप्त गरे ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको प्रतियोगितामा १ सय २९ गल्फरले सहभागिता जनाएका थिए ।