काठमाडौं । शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको पाइलट गल्फर एनपीजीए क्लासिकको उपाधि जितेका छन् ।
रोयल नेपाल गल्फ कोर्षमा बुधबार कुल १२ अण्डर १६९ स्कोरसहित शिवरामले उपाधि जितेका हुन् । उनले शुक्र बहादुर राईलाई तीन स्ट्रोक्सले पछि बनाए ।
सिजनको दोस्रो उपाधि जितेका शिवरामको यो करियरको ४६ औं उपाधि हो । उपाधिसँगै उनले ९० हजार प्राप्त गरे ।
शुक्रले ६० हजार प्राप्त गरे । तेस्रो भएका बल बहादुर राईले ४५ हजार प्राप्त गरे ।
नेपालको नम्बर एक खेलाडी भुवन नगरकोटी र दिनेश प्रजापतिले संयुक्त चौंथो हुँदै ३३ हजार प्राप्त गरे । रामे मगर र रबि खड्का संयुक्त पाँचौ हुँदै २३ हजार ५ सय प्राप्त गरे ।
प्रतियोगितामा ३७ प्रोफेसनल र ८ एमेचोरसहित कुल ४५ खेलाडीको सहभागिता रहेको थियो ।