काठमाडौं । धन बहादुर थापाले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
हिमालयन गल्फ कोर्स पोखरामा शुक्रबार शिवराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै धनले उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा धनले चार अन्डर २०७ स्कोर बनाए । शिवरामले दुई अन्डर २०५ स्कोर बनाए ।
धनको यो करियरको पाँचौं उपाधि हो । यस्तै उनले तेस्रो पटक सुर्य नेपाल वेष्टर्न ओपन गल्फ जितेका हुन् ।
उपाधिसँगै धनले १ लाख २५ हजार नगद पुरस्कार पाएका छन् । यस्तै उपविजेता बनेका शिवरामले ७५ हजार प्राप्त गरे ।
शुक्र बहादुर राईले तेस्रो स्थान हासिल गर्दै ५५ हजार प्राप्त गरे । चौंथो भएका जयराम श्रेष्ठले ४५ हजार, पाँचौं भएका संजय लामा र भुवन कुमार रोक्काले ३५ हजार ५ सय, सातौं भएका रबि खड्काले ३१ हजार, आठौं भएका भुवन नगरकोटी र राम कृष्ण श्रेष्ठले २८ हजार पाउँदा दशौँ भएका विनोद तामाङले २५ हजार प्राप्त गरेका छन् ।
सुर्य नेपाल प्रालिको मुख्य प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनले आयोजना गरेको ३ दिने प्रतियोगितामा ३२ प्रोफ्रेसनल र १६ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।