काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध भारतले उत्कृष्ट ब्याटिङ प्रर्दशन गरेको छ ।
वानखडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले उत्कृष्ट सुरुआत गरेको छ ।
भारतले २० ओभरको समाप्तिमा १ विकेट गुमाएर १ सय ५० रन कटाएको छ ।
पावर प्लेमा एक विकेट गुमाएर ८४ रन बनाएको भारतले ठुलो रन स्कोर बनाउने सम्भावना देखाएको छ ।
कप्तान रोहित शर्मा ४७ रन बनाएर आउट भएका छन् । भारतको इनिङ्स सुभमन गिल र विराट कोहोलीले सम्हालेका छन् । सुभमन शतकतर्फ अग्रसर देखिन्छन् ।
न्युजिल्याण्डका टिम साउथीले एक विकेट हात पारेका छन् । खेलको विजेता टिम प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ ।