काठमाडौं । नेश्नल मोडल साइन्स स्कुल (दी नाम्स) द्वारा यही साउन १९ गतेदेखी आयोजित उपत्यकाव्यापी नाम्स यू–१३ अन्तर विद्यालय फुट्सल प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
प्रतियोगितमा सेन्ट जेभीयर्, मेरिडियन इन्टरनेश्नल्, सस्कृति इन्टरनेश्नल्, भक्तपुर निस्ट्, काठ्मान्डु ग्लोबल लगायत २० विद्यालयको सहभागिता थियो ।
प्रतियोगितको फाइनल खेलमा रोडोडेन्ड्रोन इन्टरनेश्नल् ले नितेन मेमोरियल लाई १–० गोलले पछी पार्दै विजेता बन्यो । त्यस्तै मेमोरियलले उप विजेता बन्यो । विजेता र उपविजेतालाई नगद्, ट्रफी र मेडल द्वारा सम्मान गरिएको थियो ।
सिप्, सस्कार र प्रबिधी सहितको व्यवहारिक शिक्षा हाम्रो प्रतिबद्धता उदेश्य सहित टोखा(०९ मा अवस्थित द नाम्स्ले विद्यार्थीको चौतर्फी विकासमा खेलकुदको पनि उत्तिकै महत्व हुने हुँदा यस्ता किसिमका प्रतियोगिता आगामी दिनमा पनि निरन्तर आयोजना गर्ने बताएको छ ।