एजेन्सी । एसियाली फुटबलको पावर हाउस जापान महिला विश्वकपबाट बाहिरिएको छ । नेदरल्याण्डससंग २–१ गोल अन्तरले पराजित हुँदै नेदरल्याण्ड प्रतियोगिताबाट बाहिरिएको हो ।
खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै डच टोली अन्तिम ८ मा पुगेको हो ।
खेलको १७ औ मिनेटमा नेदरल्याण्डसले खेलमा अग्रता लिएको थियो । लिटके मार्टेन्सले गोल गर्दै डच टोलीलाई अग्रता दिलाएकी थिईन् । ४३ औ मिनेटमा हसेगावाको गोलबाट जापान खेलमा फर्किएको थियो ।
खेलको अन्तिम मिनेटमा मार्टेन्सले पेनाल्टीमा गोल गर्दै विश्वकपमा एसियाली पावर मानिने जापानको चुनौती समाप्त पारिन् ।
नेदरल्याण्डले अब सेमिफाईनल प्रवेशका लागि ईटालीसंग प्रतिस्पर्धा गर्नेछ ।