एजेन्सी । इटाली फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम १६ को खेलमा चीनलाई २-० गोल अन्तरले पराजित गर्दै इटाली क्वाटरफाइनल पुगेको हो ।
इटालीको जितमा भालेन्टिना गियासिन्टी र अरोरा गालीले एक एक गोल गरिन् ।
अब क्वाटरफाइनलमा इटालीले नेदरल्याण्ड र जापानबीचको विजेतासँग खेल्ने छ ।