काठमाडौं । चौंथो संस्करणको ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एनआरटी र च्यासलबीचको खेल १:३० बजे सुरु हुनेछ । प्रतियोगितामा आज १ मात्र खेल हुनेछ । दोस्रो दिनबाट हरेक दिन २ खेल हुनेछ ।
असार ३१ गतेसम्म चल्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो बर्ष 'ए' डिभिजन बाहिरका ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक भने 'ए' डिभिजनका टिम मात्र सहभागी छन् । एएफसीको नियम अनुसार 'ए' डिभिजन क्लब बाहेकका टिमले खेल्न नपाउने भएपछि बाहिरको टिम नराखिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगितामा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, संकटा क्लब, सरस्वती युथ, फ्रेन्ड्स क्लब, भ्याली च्यासल, हिमालयन शेर्पा, मछिन्द्र क्लब , ब्रिगेड ब्वाईज र न्युरोड टिम एनआरटीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा संघले प्रत्येक बर्ष उमेर समूहको प्रतियोगिता आयोजना गर्दै आएको छ ।