एजेन्सी । दक्षिण कोरिया पहिलो पटक यू-२० विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको सेमिफाइनलमा इक्वेडरलाई १-० गोल अन्तरले पराजित गर्दै कोरियाले पहिलो पटक फाइनल यात्रा तय गरेको हो ।
कोरियाको जितमा जुन चोईले ३९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
पोल्याण्डमा जारी प्रतियोगिताको फाइनलमा अब कोरियाले युक्रेनसंग खेल्नेछ । युक्रेनले सेमिफाइनलमा इटालीको चुनौती १-० ले पन्छाएको थियो ।
युक्रेनको जितमा सेर्हि बुलेट्साले निर्णायक गोल गरे ।
फाइनल खेल शनिबार हुनेछ ।