एजेन्सी । युरो कप छनोटमा फ्रान्सले लय समाउँदा एन्डोरामाथि ४–० को जित निकालेको छ । मंगलबार राति समुह एचको खेलमा विश्वकप विजेता टिमले सहज जित निकालेको हो ।
पछिल्लो खेलमा टर्कीसंग पराजित भएपछि मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पले सात खेलाडी टिममा परिवर्तन गरेका थिए ।
लयमा देखिएको फ्रान्सका लागि केलियन एम्बाप्पेले ११ औ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । योसंगै उनले करियरको सयौ गोल पुरा गरेका थिए ।
वेन इडरले ३० औ मिनेटमा फ्रान्सको अग्रता दोब्बर पारे । पहिलो हाफको ईन्जुरी समयमा थाउभिनले फ्रान्सलाई ३–० को अग्रता दिलाए । ६० औ मिनेटमा जुमाले फ्रान्सका लागि चौथो गोल गरे ।
फ्रान्स ४ खेलबाट ९ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लियो । एन्डोरा अंक विहिन हुँदै तालिकाको पुछारमा रह्यो ।
गए रातिनै भएको खेलमा अल्बानियाले माल्डोभालाई २–० ले हराउँदै आईसल्याण्डले टर्कीलाई २–१ ले पाखा लगायो । अल्बानिया ६ अंक सहित चौथो, माल्डोभा ३ अंक सहित पाँचौ, आईसल्याण्ड ९ अंक सहित तेस्रो र टर्की समेत ९ अंक सहित समुह एचको दोस्रो स्थानमा रहे ।