काठमाडौं । संकटा क्लबले चितवनमा जारी भरतपुर गोल्डकपको उपाधि उचालेको छ । उपाधि भिडन्तमा झापा ११ लाई पराजित गर्दै संकटा क्लबले सिजनको पहिलो उपाधि उचालेको हो ।
उपाधि सहित संकटाले ६ लाख प्राप्त ग¥यो । उपविजेता झापा ११ ले ३ लाखमा चित्त बुझायो ।
नारायणगढस्थित क्याम्पाचौर मैदानमा संकटाले झापा ११ लाई ३–० गोल अन्तरले हरायो ।
१४ औ मिनेटमा अमित तामाङको फ्रिकिक मार्फत खेलमा अग्रता लिएको संकटाले ८७ औ मिनेटमा आत्मघाति गोल उपहार पायो ।
सुमित मैनालीको बलले आफ्नै पोस्टको दिशा लिएपछि संकटा २–० ले अघि बढेको थियो । अन्तिम समयमा लक्ष्मण रुचालले गोल गर्दै संकटाको जित सुनिश्चित गरे ।
खेलको म्यान अफ दी म्याच समेत भएका अमित तामाङले प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको अवार्ड पाए । उनले अवार्डसंगै ४० हजार रुपैयाँ प्राप्त गरे ।