काठमाडौं । भारतीय महिला लिग फुटबल अन्तर्गत कोल्हापुर सिटीविरुद्धको खेलमा नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी सेथु फुटबल क्लबको प्लेईङ सेटमा परेकी छिन् ।
गुरु नानक स्टेडियममा जारी खेलमा सावित्राले टिममा स्थान बनाएकी हुन् ।
अघिल्ला ३ खेलमा सावित्राले ६ गोल गरिसकेकी छिन् ।
