काठमाडौं । नेपालको 'ए' डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबलमा नेपालको प्रतिनिधि गर्दैछ । गत पुसमा सकिएको पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि जितेपछि मनाङले एएफसी कपमा स्थान पक्का गरेको हो ।
एएफसी कप अन्तर्गत समूह चरणमा मनाङ समूह 'ई' मा रहेको छ । र, मनाङले आज (बुधबार) समूह चरणको पहिलो खेलमा बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसंग प्रतिस्पर्धा गर्दैछ । मनाङले आफ्नो होम गेमको रुपमा अबहानीसंग खेल्न लागेको हो ।
एएफसी कपको समूह चरणमा मनाङले अबहानीसंगै दुई भारतीय क्लबसंग खेल्नेछ । मनाङ यस पटक दोस्रो चरणमा पुग्ने लक्ष्यमा रहेको छ ।
होम एण्ड अवेको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । प्ले अफमा समूह 'इ' को विजेतासहित समूह 'डी', 'आइ' र आसियान क्षेत्रको विजेताले खेल्नेछ ।
मनाङको प्रतिद्वन्दी को ?
ढाका अबहानी लिमिटेड (बंगलादेश)
मिनेर्भा पन्जाब (भारत)
चेन्नायीन एफसी (भारत)
मनाङको खेल तालिका ?
अबहानी लिमिटेडविरुद्ध -
होम खेल - अप्रिल ३ (एन्फा कम्प्लेक्स, नेपाल )
अवे खेल - जुन १९ ( बंगबन्धु स्टेडियम, बंगलादेश)
मिनेर्भा पन्जाबविरुद्ध -
होम खेल - मे १५ (एन्फा कम्प्लेक्स, नेपाल )
अवे खेल - मे १ (भुवनेश्वर, भारत)
चेन्नायीनविरुद्ध -
होम खेल - जुन २६ (एन्फा कम्प्लेक्स, नेपाल )
अवे खेल - अप्रिल १७ (चेन्नई, भारत )