काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत मनाङ मर्स्याङदी क्लब र ढाका अबहानी लिमिटेडबीच हुने खेलको तयारी पुरा भएको छ ।
नेपाली लिग च्याम्पियन मनाङले सोमबार पत्रकार सम्मेलन गर्दै पहिलो तथा घरेलु खेलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
'एएफसी कपका लागि तीब्र गतिमा लागेका छौँ । सबै तयारी पुरा भएको छ । अबहानी लिमिटेड पनि नेपाल आईसकेको छ,' मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङले पत्रकार सम्मेलनमा भने।
समूह 'इ' मा रहेको मनाङले बुधबार बंगलादेशी लिग विजेता अबहानीसंग खेल्दैछ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
यस्तै मनाङले एएफसी कपका लागि पुर्व खेलाडी तथा प्रशिक्षक विराट जङ शाहीलाई टेक्निकल डिरेक्टर बनाएको जनाएको छ ।
मनाङले एएफसी कपका लागि खेलाडी छनोट गरिसकेको जनाएको छ । मनाङले एएफसी कपकै लागि देबेन्द्र तामाङ र अविशेक रिजाललाई लोनमा क्लबमा भित्राएको छ ।
अबहानीविरुद्ध मनाङका अजिजले खेल्न पाउने छैनन् । दुई पहेलो कार्डको कारण पहिलो खेलमा अजिज नहुने मनाङले जनाएको छ ।
मनाङ र अबहानीबीचको खेलका लागि तीन फरक फरक मुल्यको टिकट मुल्य राखिएको छ । भिआइपी प्याराफिटतर्फको तीन खेलको टिकट मूल्य ४५ सय राखिएको छ । तीन खेलको टिकट लिनेले जर्सी
यस्तै १ नम्बर गेटतर्फको प्याराफिटका लागि २५० र गेट नम्बर २ तर्फको प्याराफिटतर्फको टिकट मूल्य ३०० राखिएको छ ।