काठमाडौँ। कोल पाल्मरको चार गोलसँगै लन्डन क्लब चेल्सीले इङ्लिस प्रिमियर लिगमा एभर्टनमाथि सहज जित हासिल गरेको छ।
स्ट्यामफोर्ड ब्रिजमा सोमबार राति सम्पन्न खेलमा चेल्सीले पाहुना टोली एभर्टनमाथि आधा दर्जन गोल बर्साएको हो।
चेल्सीले खेलको १३औँ मिनेटमा पाल्मरको गोलबाट अग्रता लिएको थियो। १८ र २९औँ मिनेटमा पल्मरले गोल गर्दै ह्याट्रिक पूरा गरे।
४०औँ मिनेटमा मिखाइलो मुड्रिकले गोल गर्दै चेल्सीको अग्रता ४-० मा पुर्याए। पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा मार्क कुकुरेलाको पासमा निकोलस ज्याक्सनले गोल गरे।
६४औँ मिनेटमा पाल्मरले पेनाल्टीमार्फत व्यक्तिगत चौथो र टोलीका लागि पाँचौँ गोल गरे। ९०औँ मिनेटमा अल्फी गिलक्रिस्टले गोल गर्दै चेल्सीलाई ६-० को सहज जित दिलाए।
जितसँगै नवौँ स्थानमा रहेको चेल्सीले ३१ खेलबाट ४७ अंक जोडेको छ। १६औँ स्थानमा रहेको एभर्टनको ३२ खेलबाट २७ अंक रहेको छ।