काठमाडौं । तेस्रो स्थानमा रहँदै रुस्लान थ्री स्टारले पल्सर सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ । लिग चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गर्दै थ्री स्टार तेस्रो बनेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जित्नैपर्ने खेलमा थ्री स्टारका लागि बुद्ध चेम्जोङ र रन्जन विष्टले गोल गरे ।
खेलको २८ औ मिनेटमा रन्जन विष्टको पासलाई सदुपयोग गर्दै बुद्धले थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन दुई मिनेट बाँकी छदाँ रन्जनले काउन्टरमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
थ्री स्टारविरुद्व सुरुवातबाटै आक्रमक देखिएको हिमालयनले गोल गर्न भने सकेन । खेलको छैटौ मिनेटमा शेर्पाका कर्ण लिम्बुको सटिक प्रहार एलेन न्यौपानले सहजै बचाए ।
२१ औ मिनेटमा शेर्पाका भिषोन गुरुङको प्रहार एलेनले उत्कृष्ट बचाउ गरे ।
थ्री स्टारका बिक्रम लामा 'म्यान अफ दी म्याच' घाेषित भए ।
उपाधिको मुख्य दाबेदार थ्री स्टार २६ अंक सहित तेस्रो स्थानमा रहेर लिग यात्रा अन्त्य ग¥यो ।
हारसंगै शेर्पाको शीर्ष ६ भित्र पर्ने सम्भावना समाप्त भयो । उसले १७ अंक सहित लिगको सातौ स्थानमा रहेर प्रतियोगिताको अन्त्य ग¥यो ।