काठमाडौं । प्रिमियर लिगको म्यानचेस्टर डर्बी सिटीले जितेको छ ।
आईतबार राति सिटीले युनाईटेडलाई ३–१ ले हराएको हो ।
मार्कोस रासफोर्डको गोलमा युनाईटेडले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा बनाएको १–० को अग्रतालाई दोस्रो हाफमा युनाईटेडले जोगाउन सकेन ।
फिल फोडेनले लगातार दुई गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए । रोड्रीको पासलाई सदुपयोग गर्दै फोडेनले ५६ औं र ८० औं मिनेटमा लगातार दुई गोल गरे ।
खेलको इन्जुरी समयमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।
म्यानचेस्टर डर्बीमा जित निकाल्दै सिटीले शीर्ष स्थानको लिभरपुलमाथि थप दबाब बनाएको छ ।
सिटी ६२ अंक सहित दोस्रो स्थानमा छ । लिभरपुल ६३ अंक सहित शीर्ष स्थानमा छ । युनाईटेड ४४ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।