पोखरा । आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालमा हुने दुई टोलीबीचको खेल दिउँसो २ बजे हुनेछ ।
आजको खेलमा पुलिस आफूलाई बलियो आक्ने योजनामा छ । पुलिस आहा रारा गोल्डकपको ६ पटकको विजेता टोली हो ।
त्यसैले पनि पुलिस आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ । यता एक पटकको च्याम्पियन एपीएफ पनि आजको खेलमा जित निकाल्दै क्वाटर फाइनलमा स्थान बनाउने योजनामा हुनेछ ।
दुई टोलीबीचको विजेता टोलीले क्वाटरफाइनलमा चर्च ब्वाइजसँग खेल्नेछ । २०७४ देखि उपाधि जित्न नसकेको पुलिसका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ ।