काठमाडौं । फ्रान्सेली लिजेण्ड ओलिभर जिराउडले यूरो २०२४ पछि सन्यास लिने संकेत गरेका छन् ।
उनले आफ्नो संग्रह यूरो कपको उपाधि बिना अपूरो देखिएको भन्दै महादेशीय प्रतियोगिता जित्ने चाहना ब्यक्त गरेका हुन् ।
शनिबार सार्वजनीक ड्र अनुसार फ्रान्स समूह डीमा छ । फ्रान्स रहेको समूहमा अष्ट्रिया, नेदरल्याण्ड् र समूह एको प्लेअफ विजेता टिम रहेका छन् । प्ले अफमा पोल्याण्ड, वेल्स, फिनल्याण्ड र स्टिोनिया भिड्नेछन् ।
३७ वर्षका फरवार्डले फुटबल करियरको दौरान यूरो कप जित्न सकेका छैनन् । उनले वर्लिनमा सकिने प्रतियोगिता जित्न कुनै कसर बाँकी नराख्ने समेत बताएका छन् । उनले महादेशीय प्रतियोगिता पश्चात सन्यास लिने विषयमा आफुले सोचेको समेत बताएका छन् ।
‘म यस यूरोलाई याद गरिरहेको छु । यदी हामीले यसलाई जित्छौं भने म बाहिर भैदिनेछु । यदी हामीले यसलाई अन्तिमसम्म पुर्याउन सकेनौं भनेपनि म हरेक क्षणको आनन्द लिईरहने छु ।’ उनले एक अन्तरवर्तामा भने ।
‘मैले केही मानिसलाई भनेको थिए, यदी हामी सन् २०२२ को विश्वकप जित्छौ ने म आफ्नो नाम फिर्ता लिनेछु । तर मेरो देशका लागि उपाधिको भोको छु । मेरो धेरै आशा र महत्वकाक्षाहरु छन् ।’ जिराउडले थपे ।
उनले यूरो २०२४ को ड्र अनुसार फ्रान्स अघिल्लो संस्करण भन्दा सजिलो समूहमा परेको बताए । राउण्ड रोबिन लिगमा फ्रान्सले जर्मनी, पोर्चुगल र हंगेरीसँग खेलेको थियो ।
‘हामीलाई थाहा छ नेदरल्याण्ड्स राम्रो छ । हामीले सधै उनीहरुविरुद्ध खेलेका छौं । वेल्स र पोल्याण्ड अझ बलिया छन् । सायद पछिल्लो संस्करणको तुलनामा यसपटक समूह विभाजनमा हामी सजिलो अवस्थामा छौं ।’ उनले थपे ।
जिराउडले सन् २०११ मा यूएसविरुद्ध खेल्दै अन्तराष्ट्रिय करियर सुरुवात गरेका थिए । उनले राष्ट्रिय टिमबाट ५६ गोल गरेका छन् । यही आँकडाले उनलाई राष्ट्रिय टिमको सर्वाधिक गोलकर्ता बनाएको छ । उनले यस सिजन सिरि एमा ११ खेलमा गोल गरेका छन् ।