काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शानदार जित निकालेको छ ।
आईतबार युनाईटेडले घरेलु टोली एभर्टनलाई ३–० ले हराएको हो ।
एलेजान्द्रो गार्नाचोले यस सिजनकै सनसनीपूर्ण गोल गरेपछि युनाईटेडले १० अंक कटौतीको कारबाही भोगेको एभर्टनलाई हराएको हो ।
गार्नाचोको गोलमा युनाईटेडले तेस्रो मिनेटमा खेलमा अग्रता बनाएको थियो ।
मार्कुस रासफोर्डले ५६ औं मिनेटमा पेनाल्टीमार्फत युनाईटेडको अग्रतालाई दोब्बर बनाउने काम गरेका थिए । एस्ले योंगले एन्थोनी मार्टियललाई डिबक्सभित्र लडाएपछि युनाईटेडले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।
खेल सकिन १५ मिनेट अघि उनै मार्टियलले गोल गर्दै युनाईटेडलाई ३–० शानदार जित दिलाए ।
यनाईटेडका निलम्बन प्रशिक्षक एरिक टेन हाग टच लाइनमा थिएनन्, तर उनले १८ वर्षका खेलाडी कोबी मेनुलाई डेब्युको अवसर दिएका थिए ।
युनाईटेड २४ अंक सहित छैटौं स्थानमा उक्लिएको छ । एभर्टन ४ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।