काठमाडौं । ब्राजिली फरवार्ड रोड्रिगो र जुड बेलिङघम चम्किएको खेलमा रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आईतबार कार्डिजमाथि ३–० को जित निकाल्दै रियल तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।
रियलको जितमा रोड्रिगोले दुई गोल गरे, अर्को खेल बेलिङघमको नाममा रह्यो । बेलिङघमले यस सिजन रियल मड्रिडका लागि १३ गोल गरेका छन् ।
खेल सुरु हुन अघि रियल शीर्ष स्थानको जिरोना भन्दा दुई अंकले पछि थियो ।
खेलमा अग्रता पाहुना टोली रियलले रोड्रिगोको गोलमा १४ औं मिनेटमा लिएको थियो । लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै रोड्रिगोले ६४ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । उनी रोड्रिगोको क्रममा बेलिङघमले ७४ औं मिनेटमा गोल गर्दै रियललाई ३–० को जित दिलाए ।
स्पेनिस लिगका १२ खेलमा बेलिङघमको गोल संख्या ११ पुगेको छ । उनी यसै समर ट्रान्सफरमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट रियल आएका हुन् ।
चोटका कारण रियलले अर्का फरवार्ड भिनिसियस जुनियरलाई गुमाएको छ । तर सन् २०१९ मा सान्तोसदेखि स्पेनिस क्लब आएपछि ब्राजिली रोड्रिगोले पहिलो पटक लगातार तीन खेलमा रियलका लागि गोल गरेका छन् ।
शीर्ष स्थानको रियल मड्रिडको ३५ अंक छ । गिरोना ३४ अंक सहित दोस्रो स्थानमा छ । कार्डिच १० अंक सहित तालिकाको १६ औं स्थानमा छ ।