काठमाडौं । विश्वकप फुटबलको एसियन छनोटमा नेपाल र यमनबीच प्रतिस्पर्धा भैरहेको छ ।
दशरथ रंगशालामा पहिलो हाफको खेल सकिदाँ दुवै टिमले गोल रहित बराबरी खेलेका छन् ।
नेपालले यमनसँग पहिलो लेगको खेल दशरथ रंगशालामा खेल्दैछ ।
पहिलो हाफमा दुवै टिमले गोलको प्रयास गरेका थिए । तर सफल हुन सकेका छैनन् ।
नेपाल भन्दा फिफा वरियतामा माथि रहेको यमनविरुद्ध जित निकाल्ने योजनामा नेपाल छ ।
दोस्रो चरणको समूहमा तुलनात्मक रुपमा कमजोर रहेको यमनलाई घरेलु मैदानमा हराउने अवसर नेपालसँग छ ।