काठमाडौं । अनन्त तामाङलाई समावेश गर्दै नेपालले यमनविरुद्धको विश्वकप छनोटको प्लेईङ सेट घोषणा गरेको छ ।
प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले अघिल्लो खेल चोटका कारण गुमाएका अनन्तलाई समावेश गर्दै प्लेईङ ११ सार्वजनीक गरेका हुन् ।
चोटका कारण अनन्तलाई यूएईविरुद्धको टिम बाहिर राखिएको थियो । उनी नेपालमै बसेर आराम गरेका थिए ।
अनन्त घरेलु मैदानमा हुन लागेको यमनविरुद्धको खेलमा भने टिममा मात्र फर्किएका छैनन्, प्लेईङ ११ मै स्थान बनाएका छन् ।
अघिल्लो खेलमा कमजोर डिफेन्डसका कारण पहिलो हाफमै ४ गोल ब्यहोरेको नेपालका लागि प्रशिक्षक एनिसले अनुभवी डिफेन्डरको रुपमा अनन्तमाथि विश्वास गरेका हुन् ।
नेपालले विश्वकप छनोटको दोस्रो चरणमा यमनविरुद्ध दशरथ रंगशालामा पहिलो लेगको खेल खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ बजे सुरु हुनेछ ।
प्रशिक्षक एनिसले नेपाली टिमको फरवार्ड लाइनमा अन्जन विष्ट सहित जिलेस्पी जंग कार्कीमा विश्वास गरेका छन् ।
यस्तै एरिक विष्ट, आषिश चौधरी, उत्सव राई, सेसेहाङ्ग आङदेम्बे, दिनेश हेन्जन, सनिस श्रेष्ठ र रोहित चन्दलाई प्लेईङ सेटमा उतार्ने भएका छन् ।
