काठमाडौं । युरो कप छनोटमा फ्रान्सले प्रभावशाली जित निकालेको छ ।
शनिबार समूह बीको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० ले हराएको हो । फ्रान्सको जितमा केलियन एमबाप्पेले ह्याट्रि गरे ।
जिब्राल्टरका सान्तोष खेलको १८ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो ।
खेलको १६ मिनेटमै ३–० को अग्रता लिएको फ्रान्सले त्यसपछि १० खेलाडीमा सिमित बनेको गिब्राल्टरमाथि ११ गोल थपेको थियो ।
अन्तराष्ट्रिय फुटबलमा यो नै फ्रान्सको सबैभन्दा ठुलो जित हो ।
यसअघि युरोकपमा छनोट भएपनि क्वालिफायर खेललाई फ्रान्सले सजिलो रुपमा लिएन ।
पहिलो हाफमा ७ गोल गर्ने फरक खेलाडीको सूचिमा युवा खेलाडी वारेन जैर एमरीले एक थिए । सन् १९१४ पछि फ्रान्सका लागि गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी बने ।
एथन सान्तोषले तीन मिनेटमै आत्मघाति गोल गरेपछि फ्रान्स अघि बढेको थियो । मार्कस थुरमले फ्रान्सलाई २–० को अग्रता दिलाएका थिए ।
सान्तोषले रातो कार्ड खानु अघि जैरी एमरीले फ्रान्सका लागि तेस्रो गोल गरेका थिए । पेनाल्टीमा गोल गर्दै एमबाप्पेले फ्रान्सलाई ४–० को अग्रता दिलाए । क्लास, किग्स कोमन र यूसुफ फोफानाले गोल गर्दै पहिलो हाफमा फ्रान्सलाई ७–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा एमबाप्पेले दुई गोल गर्नुअघि एड्रियन राबिटो, कोमेन, उसमान डेम्बेले एक एक गोल थपेका थिए ।
ओलिभर जिराउडले खेलको अन्तिम समयमा दुई गोल गर्दै फ्रान्सको जितलाई थप फराकिलो बनाएका थिए । फ्रान्सले ३९ प्रहार जिब्राल्टरको पोस्टमा गरेको थियो ।
सतप्रतिशत जित सहित फ्रान्स २१ अंक सहित समूहको शीर्ष स्थानमा छ । जिब्राल्टर अंक विहीन हुँदै तालिकाको पुछारमा रह्यो ।