काठमाडौं । झापा एफसीले नेपाल सुपर लिग एनएसएलका लागि आभाष लामिछानेलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
एनएसएलको दोस्रो संस्करणका लागि झापाले आभाषलाई अनुबन्ध गरिएको घोषणा गरेको छ ।
आभाषले राष्ट्रिय फुटबल टिमबाट ९ क्याप जितेका छन् ।
नेपाली फुटबलको प्रभावशाली खेलाडी मानिने आभाष विदेशमा समेत बस्ने गर्छन् ।
आभाषको समावेशले टिमको प्रर्दशनलाई बलियो बनाउने मात्र नभएर देशभरका महत्वकाक्षी फुटबललाई प्रेरणा दिने झापा एफसीले जनाएको छ ।
एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंका दशरथ रंगशालामा सुरु हुदैछ ।