काठमाडौं । युरो छनोटमा इङ्ल्याण्डले माल्टालाई २–० ले हरायो । तर यस जितमा इङ्ल्याण्ड खुसी भने छैन ।
इङ्ल्याण्ड यसअघिनै युरो कपमा छनोट भैसकेको छ । अबको प्रयास युरो कपको ड्रमा शीर्ष वरियता प्राप्त गर्नका लागि हो ।
छनोट समूहका शीर्ष १० टोली मध्य ५ ले मात्र ड्र कार्यक्रममा शीर्ष वरियता प्राप्त गर्नेछन् । इङ्ल्याण्ड त्यसैको प्रयासमा छ ।
फिल फोडिनको क्रस रोक्ने क्रममा माल्टाका डिफेन्डरले इन्रिको पेपेले आत्मघाति गोल गर्न पुगे । त्यही गोलमा इङ्ल्याण्डले खेलको आठौं मिनेटमा अग्रता बनाएको थियो ।
ग्यारेथ साउथगेटको टिमले सुरुआती एक घण्टा माल्टाको पोस्टमा कुनै आक्रमण बुन्न सकेन । फिफा वरियताको १ सय ७१ औं स्थानमा रहेको टिमविरुद्ध एउटा गतिलो प्रहार पोस्टमा गर्न नसकेपछि इङ्ल्याण्डलाई प्राप्त जितले खुसी दिएको छैन ।
खेलको ७५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्याण्डलाई २–० ले अघि बढाएका थिए र इङ्लिस टिमलाई गति प्रदान गरेका थिए । केनले अन्तराष्ट्रिय फुटबलमा ६२ गोल पुरा गरे ।
डेक्लन राइसले तेस्रो गोल इङ्ल्याण्डका लागि गरेका थिए । तर रेफ्रीले भारमार्फत सो गोललाई मान्यता दिएनन् ।
चेल्सीका फरवार्ड कोल पालमरले दोस्रो हाफमा दर्शकले भरिभराउ रंगशालामा डेब्यु गरेका थिए ।
छनोटको अन्तिम खेलमा सोमबार इङ्ल्याण्डले नर्व मेसेडोनियासँग खेल्नेछ ।