काठमाडौं । स्पेनिस पूर्व मिडफिल्डर सेस फाब्रिगास इटालियन सिरि बी क्लब कोमोको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् ।
क्लबले सोमबार यसको पुष्टि गर्दै फाब्रिगासलाई अन्तरिम प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
फाब्रिगासले मोरिनो लोङ्गोलाई क्लबमा प्रतिस्थापन गर्नेछन् । पछिल्लो ४५ खेलमा मात्र १६ खेलमा जित निकालेपछि क्लबले मुख्य प्रशिक्षकको स्थानमा फाब्रिगासलाई जिम्मेवारी दिएको हो ।
३६ वर्षका मिडफिल्डर सिनियर व्यवस्थापकीय भुमिकामा पहिलो पटक देखिएका हुन् । आर्सनल, बार्सिलोना र चेल्सीका पूर्व स्टार मिडफिल्डरले गत जुनमा फुटबल करियरबाट सन्यास लिएका थिए ।
फाब्रिगासले गत सिजन इटालियन दोस्रो डिभिजनको क्लब कोमोबाट १७ म्याच खेलेका छन् । क्लबको युवा टिमको प्रशिक्षक बन्नु अघि उनले सिनियर टिमबाट सो खेल खेलेका थिए ।
कोमो सिरि बीको लिग तालिकाको छैटौं स्थानमा रहेको छ ।