काठमाडौं । रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले जुड बेलिङघम इङ्ल्याण्ड टिमलाई उपलब्ध नहुने बताएका छन् । अन्तराष्ट्रिय ब्रेक अघि इङ्ल्याण्डको मेडिकल टिमले बेलिङघमको मुल्याङ्न गर्ने उल्लेख गर्दै एन्सेलोटीले इङ्लिस मिडफिल्डर राष्ट्रिय टिमबाट खेल्न नसक्ने बताएका हुन् ।
उनले शनिबार ला लिगामा रियल मड्रिडले भ्यालेन्सियामाथि प्राप्त गरेको ५–१ को जितको खेल समेत गुमाएका थिए ।
बेलिङघमले दर्शकदिर्घामा बसेर खेल हेरेका थिए । भिनिसियस जुनियर र रोड्रिगोले समान दुई गोल गरेको खेलमा डेनी कार्भाजलले रियलका लागि पहिलो गोल गरेका थिए । ह्युग डुरोले भ्यालेन्सियाका लागि स्यान्टियागो वर्नबेउमा एक गोल फर्काएका थिए ।
प्रारम्भिक रुपमा बेलिङघमको नाम म्याच डेको टिममा राखिएको थियो । तर शनिबार उनको नाम टिमबाट हटाईएको थियो । उनले गत हप्ता रायो भालेकानोविरुद्धको खेलमा चोट बोकेका थिए ।
‘उनलाई इङ्ल्याण्डले समेत जाँच गर्नेछ । यदी उनी आज खेल्न सकेनन् भने राष्ट्रिय टिमबाट समेत खेल्न सक्ने छैनन् । उनी आफ्ना काँधको उपचारमा विशेष काम गरिरहेका छन् । ब्रेकपछि उनी पुन खेल्न सक्नेछन् ।’ एन्सेलोटीले भनेका छन् ।
यस महिना इङ्ल्याण्डले माल र नर्थ मासाडानियाविरुद्ध युरो छनोटमा खेल्नेछ ।
चोट अघि बेलिङघमले मड्रिडका लागि १३ खेलमा १३ गोल गरेका थिए । उनी खेलमा अनुपस्थित रहदाँ भिनिसियस र रोड्रिगोमाथि दबाब परेको छ ।