काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट खेल्न राष्ट्रिय फुटबल टिम आईतबार यूएई प्रस्थान गरेको छ।
छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेल खेल्न फुटबल टिम दिउँसो ३ बजे यूएई प्रस्थान गरेको हो । यसअघि शुक्रबारनै अखिल नेपाल फुटबल संघ एन्फाले २३ सदस्यीय टोलीलाई बिदाई गरेको थियो ।
नेपाली टिमका दुई खेलाडी रोहित चन्द र मनिष डाँगी भने सोझै दुबईमा जोडिनेछन् । 'होम एन्ड अवे' प्रणाली अनुसार नेपालले पहिलो लेग कात्तिक ३० गते घरेलु टोली यूएईसँग दुबईमा खेल्ने तालिका रहेको छ ।
यूएई जाने टोलीमा रक्षक योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
अभ्यासका क्रममा घुँडामा चोट लागेका अनुभवी रक्षक अनन्त तामाङ भने नेपाली टोलीमा सम्मिलित छैनन् ।
नेपाली टोली :
गोलकिपर : किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
रक्षक : सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डर : लाकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेहाङ आङ्देम्बे, निशान हमाल
फरवार्ड : अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार