काठमाडौं । भारतले वान डे विश्वकप खेल्ने टिममा एक खेलाडी परिवर्तन गरेको छ ।
भारतले चोटबाट संघर्ष गरिरहेका अक्षर पटेललाई बाहिर राख्दै रविचन्दन अश्विनलाई समावेश गरेको छ ।
अश्विनलाई अष्ट्रेलियाविरुद्धको सिरिजमा समेत मौका दिईएको छ ।
अष्ट्रेलियाविरुद्ध राम्रो प्रर्दशन गरेका अश्विनलाई भारतीय टिममा मौका मिलेको हो । अक्षर सिरिजको तेस्रो तथा अन्तिम वान डेसम्म समेत फिट हुन सकेका थिएनन् ।
भारतमा हुने वान डे विश्वकप अक्टोबर ५ बाट सुरु हुदैछ । त्यसअघि सबै सहभागी १० टिमले समान दुई दुई अभ्यास म्याच खेल्नेछन् । विश्वकपका लागि सबै देशले टिमको घोषणा गरिसकेका छन् ।
टिममा नाम परिवर्तनका लागि बिहीबारसम्मको समय निर्धारण गरिएको थियो । जसमा भारतले एक परिवर्तन गरेको हो ।