काठमाडौं । साफ यू–१९ खेल्न भुटानको टिम नेपाल आईपुगेको छ । बिहीबारदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिता खेल्न भुटानको युवा फुटबल टिम काठमाडौं आईपुगेको हो ।
भुटानको टिमलाई एन्फा प्रवक्ता सुरेश शाहले विमानस्थलमा स्वागत गरेका थिए । बिहीबार सुरु हुने प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुदैछ ।
प्रतियोगिताका सबै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् । नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन् । समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन् ।
नेपालले बिहीबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ ।