काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले कठिन जित निकालेको छ ।
आईतबार राति आर्सनलले एभर्टनमाथि १–० को कठिन जित आत्मसाथ गरेको हो ।
गुडसिनपार्कमा लियन्ड्रो ट्रोसार्डले ६९ औं मिनेटमा आर्सनलका लागि विजयी गोल गरेका थिए ।
पहिलो हाफमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ट्रोसार्डले बुकायो साकाको पासलाई सदुपयोग गर्दै लण्डन क्लबका लागि विजयी गोल गरेका हुन् ।
मार्टिनिलीले पहिलो हाफमा गरेको गोल भारमार्फत अमान्य भएपनि आर्सनलले दोस्रो हाफमा गोल निकाल्न सफल भएको हो ।
गुडसिन पार्कमा भएको पछिल्लो ५ खेलमा आर्सनल जित विहीन थियो । सो क्रमलाई आर्सनलले समाप्त गरेको छ ।
आर्सनलले नयाँ सिजन राम्रो सुरुआत गरेको छ । मिकेल अर्टेटाको टिम नयाँ सिजन अपराजित छ । रेलिगेशन जोनमा रहेको एभर्टनको मात्र एक अंक छ ।