काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सीको अर्को निराशाजनक बराबरी खेलेको छ । आईतबार राति चेल्सीले बर्नमाउथसँग गोल रहित बराबरी खेलेको हो ।
खेलाडी अनुबन्धनमा महङ्गो रकम खर्च गरेको चेल्सीले सिजनको खराब सुरुआत गरेको छ । लिगमा ५ खेल सकिदाँ चेल्सीको खातामा मात्र ५ अंक छ ।
एन्डोनी इरोलाको नेतृत्वमा बर्नमाउथले प्रिमियर लिगमा जित दर्ता गर्न सकेको छैन । चेल्सी प्रशिक्षक मौरिसियो पोचिटिनोले समेत ५ खेलमा मात्र १ जित निकालेका छन् ।
चेल्सीका रहिम स्टर्लिङ र निकोलस ज्याक्सनले गोलका राम्रा अवसर गुमाएका थिए भने लेवी कोलविलको गोललाई अफसाइडको मान्यता दिईयो ।
लण्डन क्लबका नयाँ फरवार्ड कोल पाल्मरको उत्कृष्ट प्रहारलाई बर्नमाउथले निराश बनाएको थियो । बर्नमाउथका केही राम्रा प्रहारलाई चेल्सी गोलकिपर रोबर्ट साञ्चेजले असफल बनाएका थिए ।