काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलले मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरलाई अनुबन्ध गरेको छ ।
लिभरपुलले प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनबाट मिडफिल्डर एलिस्टरलाई अनुबन्ध गरेको हो ।
लिभरपुलले एलिस्टरलाई ३५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
एलिस्टरले लिभरपुलमा १० नम्बरको जर्सी लगाउने छन् ।
२४ वर्षीय मिडफिल्डरले हालै सकिएको सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
अर्जेन्टिनाका मिडफिल्डर २०१९ मा ब्राइटन आएका थिए । उनले ब्राइटनका लागि ११२ खेलमा २० गोल गरिसकेका छन् ।
यस सिजन उनले ४० खेलमा १२ गोल गरेका थिए ।
अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जित्दा उनी टोलीका मुख्य खेलाडी थिए ।
अर्जेन्टिनाका लागि उनले १६ खेल खेलेका छन् ।