चितवन। प्रथम बखान च्याम्पियन कपको अन्तर्गत बुधबार भएको पहिलो खेलमा युवा तथा खेलकुद बिकास समिति रत्ननगर नगरपालिका-७ ले स्टार स्पोर्ट्स युथ क्लब माडी नगरपालिका-१ बरुवाको टोलीलाई १-० गोल अन्तरले हराएको छ ।
रत्ननगरको जितमा भीष्म क्षेत्रीले खेलको २५ औं मिनेटमा निर्णायक गोल गरे। उनी खेलको प्लेयर अफ दि म्याच चुनिए।
दोस्रो खेलमा भने एकता युवा समाज भरतपुर-१६ ले नारायणी मोटर्स युनिकलाई १-० ले हराएको छ । एकताका प्रयास तामाङ खेलको प्लेयर अफ दि म्याच चुनिए।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र पाउने छन्।