काठमाडौं । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
ओजिलले ३४ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
आर्सनल र रियल मड्रिडका पूर्व मिडफिल्डर ओजिलले सामाजिक संजालबाट सन्यास घोषणा गरेका हुन् ।
'मैले १७ वर्ष एक व्यवसायिक फुटबल खेलाडी बन्ने विशेषाधिकार पाएको छु र म यो अवसरको लागि अविश्वसनीय रूपमा आभर महसुस गर्छु,' सन्यास घोषणा उनले लेखेका छन्, 'यो अविस्मरणीय क्षण र भावनाले भरिएको अचम्मको यात्रा हो ।'
ओजिलले पछिल्लो समय टर्किस क्लब इस्तानबुल बासाकसेहिरबाट खेलिरहेका थिए ।
ओजिलले अन्तराष्ट्रिय फुटबलबाट भने २०१८ मै सन्यास लिएका थिए ।
सन् २००९ मा जर्मनीको टोलीमा डेब्यु गरेका ओजिलले राष्ट्रिय टोलीका लागि ९२ खेल खेलेका छन् ।
ओजिल सन् २०१४ को विश्वकप जित्दा जर्मनीका मुख्य खेलाडी रहेका थिए ।
पाँच पटक जर्मन प्लेयर अफ दि इयर चुनिएका ओजिलले सन् २०१२ र २०१६ को युरोकप समेत खेलेका थिए ।