बुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गर्न सफल सुदुरपश्चिम-११ स्पोर्ट्स क्लबका खेलाडीहरु सम्मानित भएका छन् ।
सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीले बुधबार सुदुरपश्चिम-११ स्पोर्ट्स क्लबका खेलाडीहरुलाई सम्मान गरेको हो ।
तिलोत्तमा गोल्डकपको फाइनल पुगेपछि खेलाडीलाई हौशला बढाउने उदेश्यले सम्मान गरिएको सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीले जनाएको छ ।
सेमिफाइनलमा बुधबार थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै सुदुरपश्चिम-११ फाइनल पुगेको हो ।
सम्मान कार्यक्रममा सुदूरपश्चिम सम्पर्क समाजका उपाध्यक्ष रुद्र थापा, संस्थापक सदस्य धिर कार्की, मोहन कार्की, सल्लाहकार बिरेन्द्र बिष्ट, उदब बिष्ट लगायतको उपस्थिति रहेको थियो ।