काठमाडौं । नर्वेका स्ट्राइकर अर्लिङ हालाण्ड युरोकप छनोट खेल्ने टोलीबाट बाहिरिएका छन् ।
म्यानचेस्टर सिटीका स्ट्राइकर हालाण्ड चोटका कारण युरोकप छनोट खेल्ने टोलीबाट बाहिरिएका हुन् ।
एफए कपको क्वाटरफाइनलमा शनिबार बर्नलीलाई ६-० ले हराउँदा हालाण्डले चोट बोकाका थिए । हालाण्डले उक्त खेलमा ह्याट्रिक गरेका थिए ।
तर, २२ वर्षीय फरवार्डलाई उक्त खेलमा ग्रोइनमा समस्या देखिएको थियो ।
नर्वेले युरोकप छनोटमा यसै महिना स्पेन र जर्जियाविरुद्ध खेल्ने छ।
हालाण्डले नर्वेका लागि २३ खेलमा २१ गोल गरिसकेका छन् ।